८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंबाट दौडेरै झापाको दमक, ५८ घण्टामा ४०८ किलोमिटर दौडिए

५ चैत्र २०७८, शनिबार ०९:५३

चैत ५, झापा । दमक–८ का मेघराज राई खेलकुदका माध्यमबाट कीर्तिमानी बन्न चहान्थे । विशेषगरी म्याराथनमा अब्बल राई एक दशकदेखि खेलकुदमै संघर्ष गरिरहेका छन् । 

उनी मोफसलमा हुने साना ठूला प्रतियोगितामा सहभागी बन्छन् । साथै  दुई वर्षदेखि उनी नयाँ सोचका साथ अघि बढिरहेका थिए । ‘दुई वर्षअघि नयाँ सोच आयो । काठमाडौं टु दमक म्याराथन गर्ने,’ राई भन्छन्, ‘कुनै न कुनै दिन यो सोच पूरा गरेर नयाँ कृतिमान राख्छु भन्नेमा थिएँ ।’

लक्ष्यअनुसार उनले दुई वर्षदेखि दैनिक दुई घण्टा अभ्यास गर्दै आएका थिए । उनको यही पूरानो सपना शनिबार साकार भएको छ । उनले काठमाडौंको दशरथ रंगशालादेखि दमकसम्मको ४०८ किलोमिटर दूरी दौडेरै पार गरे । यसका लागि उनलाई ५८ घण्टा २५ सेकेन्ड लागेको छ । ‘खेलबाटै केही गर्न सकिन्छ भन्ने मेरो लक्ष्यमा आज एउटा इँट्टा थपेको छु । पाँच दिनमा काडमाडौँदेखि दौडेर झापासम्मको यात्रा पूरा गरेँ,’ उनले भने, ‘यति लामो दूरी म्याराथन गरेर पार गर्नु एउटा रेकर्ड हो । अहिलेसम्म कसैले पार गरेको छैन ।’

३० फागुन बिहान काठमाडौंबाट हिँडेका उनी शनिबार दमक आइपुगे । ‘स्वास्थ्यका लागि दौड राम्रो हो,’ उनी भन्छन्, ‘राष्ट्र चिनाउने माध्यम पनि खेलकुद हो ।’ व्यक्तिले नै यति ठूलो आँट र सहास गर्दा पनि राज्य पक्षबाट सहयोग नपाएको उनको गुनासो छ । ‘मलाई विभिन्न संघसंस्थाले दमकसम्म दौडन सहयोग गरे । तर, सरकारी पक्षबाट केही सहयोग भएन,’ उनी भन्छन्, ‘यसले राज्य पक्ष खेलाडीका लागि उदार छैन भन्ने देखाउँछ ।’


उनले गृह मन्त्रालयबाट स्वीकृति लिएर दौड सुरु गरेका हुन् । ‘गृहबाट स्वीकृति लिएकाले प्रहरीले ठाउँठाउँमा स्कर्टिङ चाहिँ गर्याे,’ उनले भने ।' दौडने क्रममा उनले निकै समस्या पनि भोगे । उनको स्वास्थ्यमा कठिनाइ आयो । ‘खुट्टामा धेरै नै समस्या आयो । तर, मैले हिम्मत हारिन,’ उनी भन्छन्, ‘हिम्मत र उत्साहले नै ४०८ किलोमिटरको दौड पूरा गरेँ । आँट गरे सकिने रहेछ भन्ने उदाहरण भयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता गणतन्त्रलाई संस्थागत गर्न राससको महत्वपूर्ण भूमिकाः अध्यक्ष दाहाल शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही काठमाडौँको बूढानीलकण्ठमा एक पुरुषको शव फेला रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा परेर मृत्यु राप्रपाका महामन्त्री धवल शमशेरले राप्रपाको आन्दोलन अब अझै सशक्त बन्ने बताए साढे ६ लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिक पक्राउ