६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पपुवा न्युगिनीले नेपाललाई दियो २९३ रनको लक्ष्य

११ चैत्र २०७८, शुक्रबार ०७:४३

चैत ११, काठमाडौँ । चार्ल्स अमिनी र कप्तान असद भालाको अर्धशतकप्रेरित पपुवा न्युगिनी (पीएनजी)ले  पहिलो एकदिवसीय खेलमा नेपालसामु जितका लागि २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङका लागि आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको योगफल तयार पार्‍याे ।

२१ रन जोड्दा ओपन हिरी हिरीलाई गुमाएको पीएनजीको  इनिङ दोस्रो विकेटका लागि टोनी उरा र असद भालाले ४९ रनको साझेदारी गर्दै उकासेका थिए । उराले ४७ बलमा ६ चौका मद्दतमा ३८ रन जोडे । तेस्रो विकेटका लागि भाला र अमिनीले ७४ रनको साझेदारी गरेपछि पिएनजी सम्मानजनक योगफलतर्फ अघि बढेको थियो ।

भालाले ५५ बलमा ११ चौका मद्दतमा ६० रन जोड्दा अमिनीले एक सय तीन बलमा ६ चौका र एक छक्का मद्दतमा ७७ रन जोडे । अमिनीले रिले हकुरेसँग चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । रिलेले ४० बलमा पाँच चौकाकाे मद्दतमा ३१ रन जोडे । त्यस्तै नोमार्न भानोउले ४७ रन जोडे ।

नेपालका लागि सोमपाल कामी,कमलसिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले समान दुई विकेट तथा पवन सराफ र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या