६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० क्रिकेट: नेपालसँग पपुवा न्यु गिनी पराजित

१४ चैत्र २०७८, सोमबार १०:३५

चैत १४, काठमाडौं । कप्तान सन्दीप लामिछानेको तीन विकेट प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पिएनजी)लाई १५ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय ६८ रन मात्र जोड्न सक्यो ।पिएनजीका नोर्मान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्तै, सेसे बाउले ३०, चार्ल्स एमिनीले २२, लेगा सिएकाले २१ र नोर्मान भानुआले १९ रन बनाए ।

पिएनजीविरुद्ध किफायती बलिङ गरेका सन्दीप र करण केसीले समान तीन विकेट लिए । सन्दीपले चार ओभर बलिङमा २२ रन खर्चिदा करणले ४४ रन खर्चिएका थिए । यसबाहेक अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।

लयमा देखिएका भानुआलाई १८.५ ओभरमा करणले पभेलियनकाे दिशा देखाएपछि नेपाल खेलमा फर्किएका थियो । 

यसै ओभरको अन्तिम बलमा सिमोन अटाईको विकेट लिएपछि नेपालले जिततर्फ अग्रसर भएको थियो । जितसँगै नेपालले ट्वान्टी २० शृंखलामा सुखद् सुरुआत गरेको छ । शृंखलामा नेपाल, पिएनजी र मलेसिया सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या