कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक रहेको हो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक रहेको हो "/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियालाई हराउँदै नेपाल फाइनल नजिक

१६ चैत्र २०७८, बुधबार ०९:५०

चैत १६, काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि नेपाल फाइनल नजिक पुगेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक रहेको हो । 

मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा चार विकेट गुमाएर पूरा गर्‍याे । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्र सिंह ऐरीले २१ रन बनाए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल खडा गर्‍याे । मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । यसबाहेक, कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन बनाए । 

नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए । यस्तै, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई १५ रनले हराएको थियो । यस्तै, मलेसियाले पनि पिएनजीमाथि आठ रनको जित दर्ता गराएको थियो । अब नेपालले भोलि पीएनजीसँग तेस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या