पपुवा न्यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पपुवा न्यु"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

१७ चैत्र २०७८, बिहीबार १०:३०

चैत १७, काठमाडौँ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा करण केसीले पाँच विकेट लिएपछि नेपालले फराकिलो जित हासिल गरेको हो। नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १६६ रन बनायो।

पपुवा न्युगिनीका लागि चार्ल्स अमितिले ६२, टोनी उराले ४३, सेसे बाउले २५ र नर्मन भनुवाले १७ रन बनाए।  अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालका लागि केसीले ३.४ ओभरमा २१ रन खर्चिँदै पाँच विकेट लिए। त्यस्तै, नेपालका लागि सोमपाल  कामी र अविनाश बोहराले दुई-दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले सात विकेटको क्षतिमा २०३ रन बनाएको थियो।  नेपालका लागि ऐरी र आलमले विस्फोटक ब्याटिङ गरेका थिए।

ऐरीले ३३ बलमा ६६ रन बनाए भने आलमले ११ बलमा ३१ रन प्रहार गरे। त्यस्तै, नेपालका लागि रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन बनाए।

पपुवा न्यूगिनीका लागि कबुआ मोरियाले तीन, रिलेई ह्याकुरले दुई, नर्मन भनुआ र नोसैना पोकनाले एक(एक विकेट लिए। टस जितेको पपुवा न्यूगिनीले नेपाललाई ब्याटिङको निम्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या