६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्याट्रिक विकेटसँगै करण केसीले बनाए कीर्तिमान

१७ चैत्र २०७८, बिहीबार ११:०९

चैत १७, काठमाडौं । पपुवा न्यूगिनी विरुद्धको खेलको अन्तिम ओभरमा ह्याट्रिक गरेसँगै करण केसीले कीर्तिमान बनाएका छन्।

त्रिदेशीय शृङ्खला अन्तर्गत बिहीबारको खेलका अन्तिम तीन बलमा केसीले ह्याट्रिक विकेट लिएका हुन्। अन्तिम ओभरको चौथो बलमा नोसैना पोकनालाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच आउट गराएर एउटै इनिङमा पाँच विकेट लिने उनी नेपालको पहिलो खेलाडी बनेका छन्।

उनले व्यक्तिगत प्रदर्शनमा पनि सुधार गरेका छन्। याे उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। उनले ७ अक्टोबर २०१९ मा नेदरल्यान्ड्स विरुद्ध १७ रन दिएर चार विकेट लिएका थिए। यसअघि १५ जुलाई २०१५ मा हङकङ विरुद्ध १६ रन दिएर चार विकेट लिएका वसन्त रेग्मी नेपालका लागि उत्कृष्ट बलिङ गर्ने खेलाडीमा उनीभन्दा अगाडि थिए।

अन्तिम ओभरमा ह्याट्रिक लिन केसीले चाड सोपर र सेमन अटाईको विकेट लिएका थिए। अन्तिम ओभरको दोस्रो बलमा सोपरलाई रोहित पौडेलद्वारा क्याच आउट गराएका थिए। त्यस्तै, तेस्रो बलमा अटाईलाई बोल्ड गरेका थिए।

त्यसतै, पहिलो ओभरको चौथो बलमा पपुवा न्यूगिनीका लेगा सिअकालाई आसिफ शेखद्वारा क्याच आउट गराएका थिए। त्यसपछि तेस्रो ओभरको दोस्रो बलमा अशद भालालाई सोमपाल कामीको हातबाट क्याच आउट गराएका थिए। उनी आजको खेलमा प्लेयर अफ द म्याच भए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या