६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्लब भलिबल लिग वैशाख १८ देखि

२२ चैत्र २०७८, मंगलवार १३:०२

चैत्र २२, काठमाडौं | आरबिबि-एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता वैशाख १८ देखि हुने सुरु हुने भएको छ । 

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किशोरकुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माबिच सम्झौता पत्रमा हस्ताक्षर भयो । 

वाणिज्य बैंकले प्रायोजन स्वरूप भलिबल संघलाई अठार  लाख रुपैयाँ दिनेछ यसअघिका प्रतियोगिता आयोजना गर्न बैंकले संघलाई  १० लाख र १२ लाख रुपैयाँ प्रदान गरेको थियो । 

पत्रकार सम्मेलनमा बोल्दै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भलिबललाई निरन्तर रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

'भलिबल भन्ने बित्तिकै हाम्रै हो भन्ने भावना आउँछ । बैंकले निरन्तर भलिबललाई सहयोग गर्ने प्रतिबद्धता गर्दछु,' श्रेष्ठले भने । 

राउन्ड रोविन पद्धतिमा हुने प्रतियोगिता एक टिमले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । 

वैशाखमा हुने लिगमा महिलातर्फ तीन विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड स्पोर्ट्स क्लब र एभरेस्ट स्पोर्ट्स क्लब गरी पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । 

पुरुषतर्फ एपिएफ, पुलिस, आर्मी, हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लब गरी सात टोली छन् । 

गत असोजमा भएको एनभिए क्लब च्याम्पियनसिपबाट छनोट भएका टिमहरूले लिगमा प्रतिस्पर्धा गर्न लागेका हुन् । क्लब च्याम्पियनसिपको महिलातर्फ न्यु डायमन्ड र पुरुषतर्फ आर्मीले उपाधि उचालेको थियो । 

क्लब लिगको महिला र पुरुष विजेताले समान ६ लाख रुपैयाँ, उपविजेताले तीन लाख रुपैयाँ, तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो पटक पुरस्कार राशिमा पनि वृद्धि भएको आयोजकले बताएको छ ।

यस्तै, विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर,  लिब्रो र प्रशिक्षकले जनही १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या