सहिद स्मारक ‘बी’ डिभिजन लिगको १३औं चरणको अन्तिम दिन भएको दुई खेलमध्ये खुमलटारले सामाजिक यूथ क्लबलाई २–१ ले पराजित गर्दा आरसिटी टुसाल यूथ क्लब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सहिद स्मारक ‘बी’ डिभिजन लिगको १३औं चरणको अन्तिम दिन भएको दुई खेलमध्ये खुमलटारले सामाजिक यूथ क्लबलाई २–१ ले पराजित गर्दा आरसिटी टुसाल यूथ क्लब"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुमलटार पहिलो पटक ए डिभिजन लिगमा

२७ चैत्र २०७८, आईतवार १२:०८

चित्र २७, काठमाडौं | हेड टु हेडमा रानीपोखरी कर्नर टिम (आरसिटी) लाई पछि पार्दै खुमलटार यूथ क्लब सहिद स्मारक "ए" डिभिजन लिगमा बढुवा भएको छ ।

सहिद स्मारक ‘बी’ डिभिजन लिगको १३औं चरणको अन्तिम दिन भएको दुई खेलमध्ये खुमलटारले सामाजिक यूथ क्लबलाई २–१ ले पराजित गर्दा आरसिटी टुसाल यूथ क्लबसँग गोलरहित बराबरीमा रोकियो ।

लिगमा दुवै टिमले १३ खेलबाट २२ अंक जोडे पनि पहिलो चरणमा खुमलटारसँग पराजित हुनु रानीपोखरीका लागि ए डिभिजन लिग उक्लिने अवसरको बाधक बन्यो ।

पहिलो चरणमा खुमलटारले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई ३–१ ले पराजित गरेको थियो ।

२०७० सालमा ‘सी’ डिभिजन विजेताको हैसियतमा दोस्रो डिभिजनमा बढुवा भएको खुमलटार लिगको पछिल्लो संस्करणमा पनि दोस्रो भएको थियो । तर, उक्त संस्करणमा एक टोलीमात्र बढुवा हुने प्रावधान रहेकाले खुमलटार ‘बी’ डिभिजन लिगमै बसेको थियो ।

यस्तै, खुमलटारसँग पराजित भएसँगै सामाजिक यूथ क्लब रेलिगेसनमा परेको छ । तालिकाको १३औं स्थानमा रहँदै लिगको अन्त्य गरेको सामाजिकले १३ खेलबाट १४ अंक जोड्यो । जुन रेलिगेसन जोनभन्दा एक स्थानमा माथि रहेको टुसालको भन्दा एक अंकमात्र कम हो ।

तालिकाको शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले यसअघि नै उपाधिसहित ए डिभिजन लिगमा आफ्नो स्थान सुरक्षित गरिसक्दा पुछारमा रहेको झम्सिखेल तेस्रो डिभिजनमा घटुवा भइसकेको छ ।

फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने र पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुने प्रावधान थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या