६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलकुदमन्त्रीको प्रस्ताव, अर्जेन्टिनासँग मैत्रीपूर्ण फुटबल

३० चैत्र २०७८, बुधबार ०९:०४

 चैत्र ३०, काठमाडौं | युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालका लागि अर्जेन्टिनी राजदूत डा. ह्युगो जाभियर गोवीलाई नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलको प्रस्ताव गरेका छन् ।

मंगलबार भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री गहतराजले राजदूत गोवीलाई मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गरेका हुन् । राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा मन्त्री र राजदूतबीच दुई देशबीचको पारस्परिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो । भेटकै क्रममा मन्त्री गहतराजले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि गरेको प्रस्तावमाथि राजदूत गोवीले सहमत भएको मन्त्रालयले  जानकारी दिएको छ ।

दुई देशबीच हुने मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गर्दै मन्त्री गहतराजले राजदूत गोवीमार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तासमेत दिएका हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या