२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीएसजीको मैदानमा मार्सेली दर्शकले प्रवेश नपाउने

२०७९, ४ बैशाख आईतवार ०८:५४

 वैशाख ४, काठमाडौं | फ्रेन्च लिग वानको बहुप्रतिक्षित भिडन्तमा आज (आइतबार) राति लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) र दोस्रो स्थानको मार्सेलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल पीएसजी घरेलु मैदान पार्क डे प्रिन्सेसमा राति साढे १२ बजे सुरु हुनेछ । 

तर, खेलमा मार्सेलीका समर्थकले भने प्रवेश पाउने छैनन् । पछिल्लो समय दुई क्लबका समर्थकबीच बढ्दै गएको तिक्तता र बैमनश्यता कारण पीएसजी घरेलु मैदानमा मार्सेली समर्थकलाई प्रतिबन्ध गरेको हो । 

पछिल्लो समय बढेको घटनाले आइतबारको खेलमासमेत प्राभावित बनाउन सक्छ भन्दै फ्रान्सेली गृहमन्त्रालयले पार्क डे फ्रिन्सेस जानेलाई २४ घण्टा अघि रोक लगाएको हो । 

सन् २०१८ यता दुई क्लबबीचको प्रतिस्पर्धामा एक अर्काका समर्थकलाई मैदान प्रवेशमा रोक लगाइएको छ । जारी लिगमा ३१ खेल खेलिसक्दा पीएसजी ७१ अंकसहित शीर्षस्थानमा छ । मार्सेली भने समान खेलबाट ५९ अंकसहित दोस्रो स्थानमा छ । दुइ क्लबबीच १२ अंकको दूरी  छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल