६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

धादिङ फुटबलमा पुन: दीपक खतिवडा

४ बैशाख २०७९, आईतवार ११:४८

 वैशाख ४, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत जिल्ला फुटबल संघ धादिङको अध्यक्षमा दीपक खतिवडा पुनः निर्वाचित भएका छन् ।

धादिङमा आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका लागि खतिवडासँगै दिवससागर श्रेष्ठ र दिनेश रुपाखेतीले पनि उम्मेदवारी दिएका थिए । तर, दीपक आठ भोटसहित निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी श्रेष्ठले तीन मत पाउँदा रुपाखेतीको पक्षमा एक भोट पनि खसेन ।

यस्तै, उपाध्यक्ष पदमा राजन भण्डारीले सात मत, मनराज गोदारले आठ मत र सुरेश तामाङले १० मत पाउँदै निर्वाचित भएका छन् । उनीहरूकाे प्रतिस्पर्धी जनक भुजेल तीन र सुन्दर थापा चार मत ल्याएर पराजित भए । कार्यसमितिकाे महासचिवमा रामहरि थापा र कोषाध्यक्षमा राजेन्द्र सुवेदी छन् । 

बाँकी सदस्य सबै सर्वसम्मत निर्वाचित भए । सदस्यहरुमा दिनेश आचार्य, गोविन्द श्रेष्ठ, प्रकाशकुमार खरेल, पूर्णबहादुर गुरुङ, उत्तमप्रसाद सुवेदी, रमेश अधिकारी, गणेशमान श्रेष्ठ र ध्रुव थापा निर्वारोध चयन भए । 

यसअघि काभ्रे, भोजपुर, पर्सा, लमजुङ, नवलपुर, बाग्लुङ, बाँके, कैलाली, रुपन्देही, कञ्चनपुरलगायतका जिल्लाको पनि नयाँ कार्यसमिति चयन भइसकेको छ ।

बारा जिल्लामा शनिबार हुने निर्वाचन विवादका कारण स्थगित भएको थियो । एन्फाको केन्द्रीय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् ।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् ।

एन्फाको केन्द्रीय निर्वाचन ६ असारमा  हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या