२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने, खेल कतारको दोहामा हुने

२०७९, ५ बैशाख सोमबार ००:०१

वैशाख ५, काठमाडौँ । एएफसी एसियन कप २०२३ को छनोटको तयारीमा रहेको नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो । नेपालले अफगानिस्तान सँग खेल्ने दुवै मैत्रीपूण खेल कतारको दोहामा मे २५ र २९ मा हुनेछ ।

एएफसी एसियन कप २०२३ को छनोटको लागि नेपालले शुक्रबारदेखि तयारी थालेको छ । टोलीमा २५ सदस्यी रहँदा दुई खेलाडी मात्रै प्रशिक्षणमा अनुपस्थित रहेका छन् । उनीहरु केही दिनमा नै प्रशिक्षणमा जोडिने एन्फाले जनाएको छ ।

एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसिया रहेको समूहमा परेको छ । नेपालले ८ जुनमा जोर्डन, ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ । छनोटका सबै खेल कुवेत सिटीमा हुनेछ ।

२५ सदस्यीय नेपाली फुटबल टोलीमा को को छन् ? 

किरण कुमार लिम्बु (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, तेज तामाङ र विशाल राई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल