६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना जुम्ल्याहा शिशुमध्येका एक जनाको मृत्युपछि रोनाल्डोले भने, ‘ठूलो पीडा’

६ बैशाख २०७९, मंगलवार ०४:१८

वैशाख ६, लन्डन । एजेन्सी । म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेजले आफ्नो नवजात शिशुको मृत्यु भएको घोषणा गर्दै यसलाई ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भनेका छन् । 

सामाजिक सञ्जालमा एउटा विज्ञप्तिमा उनीहरूले भनेका छन, ‘गहिरो दुःखका साथमा हामी घोषणा गर्छौं कि हाम्रो नवजात शिशुकाे मृत्यु भएको छ । ’

उनीहरूले अगाडि भनेका छन्, ‘यो क्षतिमा हामी स्तब्ध छौँ । ’

३७ वर्षीय रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेजले जुम्ल्याहा सन्तान जन्माउने तयारीमा थिए । जुम्ल्याहामध्ये बालिका भने बाँचेकी छिन् । बालिकाको जन्मले आफूहरुलाई यो क्षण केही आशा र खुशीका साथ बाँच्न बल दिएको उनीहरूले बताएका छन् ।

‘हाम्रो शिशु बालक, तिमी हाम्रो देवदूत हौ । तिमीलाई सधैं माया गर्नेछौं’, उनीहरूले लेखेका छन् । रोड्रिग्वेजले गर्भवती भएको खुलासा अक्टोबरमा गरेकी थिइन् ।

रोनाल्डोको एउटा छोरा क्रिस्टियानो जुनियर छन् । उनको जन्म सन् २०१० मा भएको थियो । सन् २०१७ मा रोनाल्डोका जुम्ल्याहा सन्तान इभा र माटेओ जन्मेका थिए । रोड्रिग्वेजतर्फ एउटी छोरी पनि छिन् । अलाना मार्टिनाको जन्म  सन् २०१७ मा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या