काठमाडौं | नेपाल आर्मीकी चन्द्रकला थापा र एपीएफक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  काठमाडौं | नेपाल आर्मीकी चन्द्रकला थापा र एपीएफक"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्रकला र नाङजा सेमिफाइनलमा

२०७९, ७ बैशाख बुधबार १२:५०

 वैशाख ७, काठमाडौं | नेपाल आर्मीकी चन्द्रकला थापा र एपीएफकी नाङजा बुढा मगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । 

बसन्तपुर डबलीमा चन्द्रकलाले स्वस्तिका तिरुवा तथा नाङजाले लुम्बिनी प्रदेशकी जानकी थापा मगरलाई पराजित गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको महिला ५१ केजीमा एपीएफकी सन्जुमाया थिङले कर्णाली प्रदेशकी आरती विक तथा नेपाल प्रहरीकी दिवाना शेर्माले गण्डकी प्रदेशकी अस्मिता थापालाई हराउदै सेमिफाइनलमा पुगे । 

महिला ६० केजीमा बाग्मती प्रदेशकी शशिकला राईले गण्डकीकी जोशिका श्रेष्ठ तथा आर्मीकी संगिता डंगोलले कर्णालीकी मनीषा मगरको चुनौती समाप्त पार्दै सेमिफाइनल यात्रा तय गरे ।

भूपेन्द्र र सनिल सेमिफाइनलमा

पुरुष ६३ केजीमा प्रहरीका भूपेन्द्र थापा मगरले मधेश प्रदेशका रावन अलीलाई पन्छ्याउदै सेमिफाइनलमा पुगे । 

त्यसै स्पर्धामा एपीएफका सोनाम सार्की पनि सेमिफाइनलमा पुगे । उनले गण्डकीका निश्चल गुरुङमाथि जित रचे । 

पुरुष ६९ केजीमा प्रहरीका सनिल शाहीले एपीएफका विक्रम चौधरी तथा सुदूरपश्चिम प्रदेशका भरत चन्दले कर्णालीका प्रशान्त लामालाई पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे । भूपेन्द्र र सनिल १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् ।

पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले गण्डकीका आकाश राना र प्रहरीका चन्द्रबहादुर थापाले प्रदेश १ का धर्मेन्द्र राई तथा ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले प्रदेश १ का भुगोल लिम्बू र आर्मीका इन्द्र सुनारले कर्णालीका पारस शाहीलाई निराश पार्दै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ७५ केजीमा आर्मीका दिपेश लामाले बाग्मतीका निश्चल विष्ट र मधेसका कोसिश श्रेष्ठले एपीएफका झलक रोक्का तथा ८१ केजीमा आर्मीका दीपक श्रेष्ठले एपीएफका साजन तामाङलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुष ९१ केजीमा एपीएफका रविन नेपालले मधेशका विजय राजभण्डारीलाई पाखा लगाउदै सेमिफाइनलमा पुगे । सोही स्पर्धामा गण्डकीका किरन विकले लुम्बिनीका केशर खत्रीवाट वाकओभर पाउदै सेमिफाइनलमा पुगे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल