६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय बक्सिङमा सहभागी हुने चार महिला खेलाडी प्रशिक्षणमा

१४ बैशाख २०७९, बुधबार ०४:३३

वैशाख १४, काठमाडौं | नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिप-२०२२ मा सहभागी हुने चार महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाएको छ ।

अन्तर्राष्ट्रिय बक्सिङ संघ ( आईबीए) को आयोजनामा मे ६ देखि २१ तारिखसम्म प्रतियोगिता टर्कीकाे इस्टानबुलमा हुनेछ ।

१२औँ विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालले ४८ केजी ताैल समूहमा सुस्मन तामाङ, ५२ केजी ताैल समूहमा १३औँ साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी ताैल समूहमा चन्द्रकला थापा र ६० केजी ताैल समूहमा पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी चार खेलाडी थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलेर फर्किएका हुन् । जसमा पुनम रावलले कास्य पदक जितेकी थिइन । रावलले जितेकाे पदक १२ वर्ष पछि नेपालले जितेकाे पदक हाे । १२ वर्ष पहिला हालका आईबा थ्री स्टार काेच दीपक महर्जनले काँस्य पदक  जितेका थिए ।

अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार काेच दिपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगितामा ८३ देशका ३ सय ९२ खेलाडीले नाम दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या