६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलाडी प्रशिक्षक विवादः १४ खेलाडी अभ्यासमा बोलाइँदा बी र सी डिभिजनका एक एक खेलाडी

१६ बैशाख २०७९, शुक्रबार ०८:५२

वैशाख १५, काठमाडौँ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण बन्द प्रशिक्षण छाडेका ११ खेलाडीको स्थानमा १४ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले ‘प्लेइङ सेट’ का ११ खेलाडीले टिम छोडेपछि यसअघि टिम बाहिर रहेका ६ खेलाडीसहित १४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । 

दुई खेलाडी भने ‘बी’ डिभिजन लिग र ‘सी’ डिभिजन लिगबाट झिकाएका छन् । दुबै खेलाडी पहिलोपटक बन्द प्रशिक्षणमा बोलाइएका हुन् । 

स्रोतका अनुसार दुई खेलाडी ‘बी’ र ‘सी’ डिभिजनबाट बोलाइँदा यस्तै पाँच खेलाडीले दोस्रोपटक बन्द प्रशिक्षणमा मौका पाएका छन् । एन्फाले भने आधिकारिक रुपमा खेलाडी नाम सार्वजनिक गरेको छैन । 

शिव गुरुङ, रुपबहादुर लामा, निरकुमार राई, अभिषेक बराल, विकास तामाङ र रोशन राना मगर यसअघि नै बन्द प्रशिक्षणमा पर्दै आएका छन् । 

शिव न्युरोड टिम एनआरटीबाट खेल्छन् भने रुपले जावलाखेलको प्रतिनिधित्व गरेका थिए । यस्तै निर नेपाल पुलिस क्लबका हुन् भने अभिषेक सातदोबाटो युथका गोलरक्षक हुन् । रक्षक विकास त्रिभुवन आर्मी फुटबल क्लबका हुन् भने रोशनले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को प्रतिनिधित्व गरेका थिए । 

यता, नयाँ खेलाडीमा भने सी डिभिजन लिगबाट पुल्चोक स्पोर्टस् क्लबका मनिष मगर  मनिषकुमार जर्घा रहेका छन् । यस्तै बी डिभिजनबाट प्रकाश रानाभाट परेका छन् ।

यता, आर्मीका जर्ज प्रिन्स कार्की र विकास, सातदोबाटोका आकाश बुढा मगर र सुशील राई,  थ्री स्टारका सन्जोक राई, मनाङ मर्स्याङ्दीका गोलरक्षक विशाल सुनार र एपीएफ फुटबल क्लबका राजन गुरुङ टिममा फर्किएका छन् । 

यसअघि खेलाडीको मागलाई सिनियर खेलाडीको रुपमा प्रशिक्षक अब्दुल्लाहलाई आवाज सुनाउन पुगेका रक्षक रोहित चन्दलाई क्याम्पबाट निकालिएको थियो । आफ्नो आवाज सिनियरको आधारमा उठाएका चन्दलाई टिमबाट निकालिएपछि अन्य १० खेलाडीले समेत त्यसको भागिदार आफूहरु रहेको जनाउँदै होटल छाडेका हुन् । 

होटल छाड्नेमा रोहित चन्द, विमल घर्ति मगर, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ र दिनेश राजवंशी रहेका छन् । टिम छाडेका खेलाडीलाई एन्फाअन्तर्गत  रहेको खेलाडी संघले समेत समर्थन गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथुको समेत उपस्थित रहेको थियो । 

अध्यक्ष लामाले खेलाडीको गुनासो एन्फामा पुर्‍याएको र कुनै धारणा नआएको बताएका छन् । यस्तै माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका कप्तान किरण कुमार लिम्बूले सामाजिक संञ्जालमा एक पोष्ट गर्दै खेलाडीलाई समर्थन गरेका छन् । 

नेपालले ११ र १५ जेठमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ भने एएफसी एसियन कप-२०२३ को छनोट खेलहरू जेठ अन्तिम साता खेल्दै छ । जहाँ नेपालले बलिया प्रतिद्वन्द्वी जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ । 

यता, प्रशिक्षक अब्दुल्लाह खेलाडीको यो निर्णयसँगै नयाँ खेलाडीलाई अवसर दिने साेचमा देखिएका छन् । सोहीअनुसार उनले १४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । 

                  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या