२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलाडी प्रशिक्षक विवादः १७ खेलाडीलाई अभ्यासमा बोलाइयो, सुनिल, आशिष र मनिषलाई मौका

२०७९, १६ बैशाख शुक्रबार ११:२०

वैशाख १६, काठमाडौं | मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण बन्द प्रशिक्षण छाडेका ११ खेलाडीको स्थानमा १७ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । 

नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले ‘प्लेइङ सेट’ का ११ खेलाडीले टिम छोडेपछि यसअघि टिम बाहिर रहेका ८ खेलाडीसहित १७ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । 

दुई खेलाडी भने ‘बी’ डिभिजन लिग र ‘सी’ डिभिजन लिगबाट झिकाएका छन् । दुबै खेलाडी पहिलो पटक बन्द प्रशिक्षणमा बोलाइएका हुन् । 

आशिष चौधरी बी बाट हुन् भने मनिष जर्घा मगर सी डिभिजन पुल्चोक क्लबबाट हुन् । यस्तै एनएसएलमा एफसी चितवनबाट खेलेका सुनिल श्रेष्ठ पहिलो पटल क्याम्पमा परे । 

शिव गुरुङ, रुपबहादुर लामा, निरकुमार राई, अभिषेक बराल, विकास तामाङ र रोशन राना मगर यसअघि नै बन्द प्रशिक्षणमा पर्दै आएका छन् । 

शिव न्युरोड टिम एनआरटीबाट खेल्छन् भने रुपले जावलाखेलको प्रतिनिधित्व गरेका थिए । यस्तै निर नेपाल पुलिस क्लबका हुन भने अभिषेक सातदोबाटो युथका गोलरक्षक हुन् । रक्षक विकास त्रिभुवन आर्मी फुटबल क्लबका हुन् भने रोशनले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को प्रतिनिधित्व गरेका थिए । 

यता, आर्मीका जर्ज प्रिन्स कार्की र बिकेश कुथु, सातदोबाटोका आकाश बुढा मगर र सुुशिल राई,  थ्री स्टारका संन्जोक राई, मनाङ मर्स्यााङ्दीका गोलरक्षक विशाल सुनार र एपीएफ फुटबल क्लबका राजन गुरुङ टिममा फर्किएका छन् । 

यसअघि खेलाडीको मागलाई सिनियर खेलाडीको रुपमा प्रशिक्षक अब्दुल्लाहलाई आवाज सुनाउन पुगेका रक्षक रोहित चन्दलाई क्याम्पबाट निकालिएको थियो । आफ्नो आवाज सिनियरको आधारमा उठाएका चन्दलाई टिमबाट निकालिएपछि अन्य १० खेलाडीले समेत त्यसको भागिदार आफूहरु रहेको जनाउँदै होटल छाडेका हुन् । 

होटल छाड्नेमा रोहित चन्द, विमल घर्ति मगर, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ र दिनेश राजवंशी रहेका छन् । 

टिम छाडेका खेलाडीलाई एन्फाअन्तर्गत रहेको खेलाडी संघले समेत समर्थन गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथुको समेत उपस्थित रहेको थियो । 

अध्यक्ष लामाले खेलाडीको गुनासो एन्फामा पुर्‍याएकाे र कुनै धारणा नआएको बताएका छन् । यस्तै माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका कप्तान किरण कुमार लिम्बूले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै खेलाडीलाई समर्थन गरेका छन् । 

नेपालले ११ र १५ जेठमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ भने एएफसी एसियन कप–२०२३ को छनोट खेलहरु जेठ अन्तिम साता खेल्दै छ । जहाँ नेपालले बलिया प्रतिद्वन्दी जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ । 

यता, प्रशिक्षक अब्दुल्लाह खेलाडीको यो निर्णयसँगै नयाँ खेलाडीलाई अवसर दिने मूडमा देखिएका छन् । सोहीअनुसार उनले १४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

टिममा बोलाइएका नयाँ खेलाडी 

विकेश कुथु, अनिश चौधरी, निरकुमार राई, जर्ज प्रिन्स कार्की, विशाल सुनार, सुशील राई, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, रुप बहादुर लामा, शिव गुरुङ, अभिषेक बराल, रोशन राना मगर , संजोक राई, मनिष जर्घा मगर, विकास तामाङ, आकाश बुढामगर, सुनिल श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी