२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच पटकको आइपिएल च्याम्पियन मुम्बईको पहिलो जित, यस्तो छ पछिल्लो अंक तालिका

२०७९, १७ बैशाख शनिबार १८:४९

वैशाख १८, काठमाडौँ । एजेन्सी । आइपीएलको पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले २०२२ मा लगातार आठ खेलमा पराजित हुँदै पहिलो जित हात पारेको छ । मुम्बईले शनिबार राती राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै पराजयको यात्रा अन्त्य गरेको हो ।

जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको जितमा सूर्यकुमार यादवले ३९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । तिलक बर्माले ३० बलमा १ चौका र २ छक्कासहित ३५ रन बनाए ।

तेस्रो विकेटका लागि सूर्य र तिलकले ५६ बलमा ८१ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । ईशान किशनले १८ बलमा ४ चौका र १ छक्कासहित २६ रन जोड्दै राम्रो इनिङ खेलेका थिए । रोहित शर्मा २ रनमा आउट भए ।

टिम डेविड ९ बलमा २ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । काइरन पोलार्ड १० रनमा आउट भए । राजस्थानका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, कुलदीप सेन, रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले १–१ विकेट लिए ।


त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । राजस्थानका जस बटलरले ५२ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । बटलरले रन बनाउन संघर्ष गरेका थिए । राजस्थानले १५ ओभरको समाप्तिमा राजस्थानले ३ विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो । बटलरले ४६ बलमा ४३ रन बनाएका थिए । १६ औं ओभरमा बटलरले युवा स्पिनर ऋतिक शोकिनलाई लगातार चार छक्का प्रहार गर्दै सामान्यबाट मध्यम योगफलमा पुर्याएका थिए । पाँचौं बल डट खादा अन्तिम बलमा लङअफमा सूर्यकुमार यादवबाट क्याच भए । जारी आइपिएलमा बटलरले ९ खेलमा ३ शतक र ३ अर्धशतकसहित ५ सय ६६ रनका साथ शीर्षस्थानमा छन् ।

खेलमा मुम्बईका स्पिनर ऋतिक शोकिनले ३ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । राइली मेरीडिथले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । राजस्थानले सोमबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । मुम्बईले शुक्रबार गुजरात टाइटन्ससँग खेल्नेछ ।

यस्तो छ अंक तालिका

आइपिएलमा गुजरात ९ खेलमा ८ मा जित र १ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊ ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । दिल्ली ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ९ खेलमा ४ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ९ खेलमा ३ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ९ खेलमा १ मा जित र ८ मा हार सहित पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल