६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच पटकको आइपिएल च्याम्पियन मुम्बईको पहिलो जित, यस्तो छ पछिल्लो अंक तालिका

१७ बैशाख २०७९, शनिबार १८:४९

वैशाख १८, काठमाडौँ । एजेन्सी । आइपीएलको पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले २०२२ मा लगातार आठ खेलमा पराजित हुँदै पहिलो जित हात पारेको छ । मुम्बईले शनिबार राती राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै पराजयको यात्रा अन्त्य गरेको हो ।

जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको जितमा सूर्यकुमार यादवले ३९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । तिलक बर्माले ३० बलमा १ चौका र २ छक्कासहित ३५ रन बनाए ।

तेस्रो विकेटका लागि सूर्य र तिलकले ५६ बलमा ८१ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । ईशान किशनले १८ बलमा ४ चौका र १ छक्कासहित २६ रन जोड्दै राम्रो इनिङ खेलेका थिए । रोहित शर्मा २ रनमा आउट भए ।

टिम डेविड ९ बलमा २ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । काइरन पोलार्ड १० रनमा आउट भए । राजस्थानका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, कुलदीप सेन, रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले १–१ विकेट लिए ।


त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । राजस्थानका जस बटलरले ५२ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । बटलरले रन बनाउन संघर्ष गरेका थिए । राजस्थानले १५ ओभरको समाप्तिमा राजस्थानले ३ विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो । बटलरले ४६ बलमा ४३ रन बनाएका थिए । १६ औं ओभरमा बटलरले युवा स्पिनर ऋतिक शोकिनलाई लगातार चार छक्का प्रहार गर्दै सामान्यबाट मध्यम योगफलमा पुर्याएका थिए । पाँचौं बल डट खादा अन्तिम बलमा लङअफमा सूर्यकुमार यादवबाट क्याच भए । जारी आइपिएलमा बटलरले ९ खेलमा ३ शतक र ३ अर्धशतकसहित ५ सय ६६ रनका साथ शीर्षस्थानमा छन् ।

खेलमा मुम्बईका स्पिनर ऋतिक शोकिनले ३ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । राइली मेरीडिथले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । राजस्थानले सोमबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । मुम्बईले शुक्रबार गुजरात टाइटन्ससँग खेल्नेछ ।

यस्तो छ अंक तालिका

आइपिएलमा गुजरात ९ खेलमा ८ मा जित र १ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊ ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । दिल्ली ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ९ खेलमा ४ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ९ खेलमा ३ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ९ खेलमा १ मा जित र ८ मा हार सहित पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या