२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिम्बाबे ‘ए’ विरुद्ध नेपालको खेल, नेपाल टस हारेर ब्याटिङ गर्दै

२०७९, १८ बैशाख आईतवार ०७:२३

वैशाख १८, काठमाडाैं | जिम्बाबे ‘ए' विरुद्धको  ट्वान्टी २० श्रृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुन लागेको खेलमा नेपालकाे सिनियर टिममा बसिर अहमदले डेब्यू गरेका छन् ।

अमेरिकामा आगामी जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरुप जिम्बाबे 'ए'सँग तीन ट्वान्टी २० र तीन एकदिवसीय श्रृंखला आयोजना गरेको हो ।

नेपालले शनिबार जिम्बाबे 'ए'विरुद्धको तीन एकदिवसीय श्रृंखला अन्तर्गतको पहिलो खेल खेल्ने तालिका थियो । तर, लगातारको वर्षाका कारण सो खेल रद्द गरिएको थियो ।

नेपाल क्रिकेट संघ(क्यान)ले शनिबारै पूर्वनिर्धारित खेल तालिका परिवर्तन गर्दै पहिला ट्वान्टी २० श्रृंखला खेलाउने भन्दै तालिका सार्वजनिक गरेको थियो । क्यानले शनिबार मात्र ट्वान्टी २० श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

नेपाली टिम: 

सन्दीप लामिछाने, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम,  करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, बसिर अहमद ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी