६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलाडी संघ भन्छ- झुटो आरोप लगाउने फुटबल विकासका बाधक हुन्

१९ बैशाख २०७९, सोमबार १२:०७

वैशाख १९, काठमाडौँ | अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको खेलाडी संघले व्यवस्थापनको लापरबाही र खेलाडीको विषयमा झुटो आरोप लगाएको विषयमा एन्फालाई ध्यानाकर्षण गराएको छ । 

सोमबार खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र काट्दै खेलाडीको विषयमा टोलीका व्यवस्थापक (मधुसूदन उपाध्याय)ले गलत टिप्पणी दिएको र त्यसले खेलाडीमा परेको असरले दुखित भएको बताएका छन् । 

‘सार्वजनिक संचारमाध्ममा राष्ट्रिय टोलीका व्यवस्थापनले खेलाडीको विषयमा गलत टिप्पणी दिएको र त्यसले खेलाडीमा परेको असरले हामी एकदम दुखित छौं,’ नवनिर्वाचित अध्यक्ष लामाले हस्ताक्षर गरेको पत्रमा भनिएको छ । 

गत १४ वैशाखमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको व्यवहारका कारण भन्दै ९ खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । त्यसको दुई दिनपछि १६ गते १० खेलाडीले बन्द प्रशिक्षण छाड्नुको कारणमा स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । 

खेलाडी संघले बुझाएको पत्रमा समेत घटनाक्रम समावेश गरिएको छ । भनिएको छ, ‘प्रशिक्षणका दौरान टोलीको नेतृत्व गरिरहेका रोहित चन्दले प्रशिक्षक (अब्दुल्लाह)को प्रश्न पश्चात् जायज माग राख्दा उनीसँग (खेलाडी) प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गरेको व्यवहारप्रति खेलाडीले असन्तुष्टि जनाएका थिए । एक खेलाडी मात्र नभएर सामान्य व्यक्तिले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत आवश्यकता माग गर्दा क्याम्प छोड्न भनेपछि खेलाडीले क्याम्प छोडेको हामीले बुझेका छौं । खेलाडीले क्याम्प छोड्नुअघि स्वयं प्रशिक्षक अलमुताइरी, सहायक प्रशिक्षक किरण श्रेष्ठ, गोलरक्षक प्रशिक्षक विकास मल्ल र सहायक व्यवस्थापक कृष्णभक्त मानन्धरलाई जानकारी गराएको पनि अवगत गराएका छन् ।’

यस्तै खेलाडी संघले टोली व्यवस्थापनसँग पटक पटक कुरा राख्दा समेत नेतृत्वबाट उचित सम्बोधन नभएको  बताएको छ । 

‘खेलाडीले सधैँ राष्ट्रिय टोलीलाई प्रमुख प्राथमिकतामा राख्दै आएका छन् । राष्ट्रिय टोलीको अवस्थाबारे खेलाडीहरूले व्यवस्थापनसँग पटक पटक कुरा राख्दा समेत नेतृत्वबाट उचित सम्बोधन नभएको हामीले जानकारी पाएका छौं ।’ 

‘यसरी खेलाडीहरूमाथि सार्वजनिक रूपमा झुटो आरोप लगाएर खेलाडीको मान मर्यादामा आँच पुग्ने अभिव्यक्ति दिने र कदम चाल्ने व्यक्तिहरू खेलाडी मात्र नभएर समग्र फुटबल विकासमा बाधक हुन् । एन्फाले यस विषयमा उचित छानबिन गरेर दोषीलाई कारबाही गरोस् भन्ने हामीले माग राखेका छौं,’ खेलाडी संघले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या