२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलाडी संघ भन्छ- झुटो आरोप लगाउने फुटबल विकासका बाधक हुन्

२०७९, १९ बैशाख सोमबार १२:०७

वैशाख १९, काठमाडौँ | अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको खेलाडी संघले व्यवस्थापनको लापरबाही र खेलाडीको विषयमा झुटो आरोप लगाएको विषयमा एन्फालाई ध्यानाकर्षण गराएको छ । 

सोमबार खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र काट्दै खेलाडीको विषयमा टोलीका व्यवस्थापक (मधुसूदन उपाध्याय)ले गलत टिप्पणी दिएको र त्यसले खेलाडीमा परेको असरले दुखित भएको बताएका छन् । 

‘सार्वजनिक संचारमाध्ममा राष्ट्रिय टोलीका व्यवस्थापनले खेलाडीको विषयमा गलत टिप्पणी दिएको र त्यसले खेलाडीमा परेको असरले हामी एकदम दुखित छौं,’ नवनिर्वाचित अध्यक्ष लामाले हस्ताक्षर गरेको पत्रमा भनिएको छ । 

गत १४ वैशाखमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको व्यवहारका कारण भन्दै ९ खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । त्यसको दुई दिनपछि १६ गते १० खेलाडीले बन्द प्रशिक्षण छाड्नुको कारणमा स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । 

खेलाडी संघले बुझाएको पत्रमा समेत घटनाक्रम समावेश गरिएको छ । भनिएको छ, ‘प्रशिक्षणका दौरान टोलीको नेतृत्व गरिरहेका रोहित चन्दले प्रशिक्षक (अब्दुल्लाह)को प्रश्न पश्चात् जायज माग राख्दा उनीसँग (खेलाडी) प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गरेको व्यवहारप्रति खेलाडीले असन्तुष्टि जनाएका थिए । एक खेलाडी मात्र नभएर सामान्य व्यक्तिले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत आवश्यकता माग गर्दा क्याम्प छोड्न भनेपछि खेलाडीले क्याम्प छोडेको हामीले बुझेका छौं । खेलाडीले क्याम्प छोड्नुअघि स्वयं प्रशिक्षक अलमुताइरी, सहायक प्रशिक्षक किरण श्रेष्ठ, गोलरक्षक प्रशिक्षक विकास मल्ल र सहायक व्यवस्थापक कृष्णभक्त मानन्धरलाई जानकारी गराएको पनि अवगत गराएका छन् ।’

यस्तै खेलाडी संघले टोली व्यवस्थापनसँग पटक पटक कुरा राख्दा समेत नेतृत्वबाट उचित सम्बोधन नभएको  बताएको छ । 

‘खेलाडीले सधैँ राष्ट्रिय टोलीलाई प्रमुख प्राथमिकतामा राख्दै आएका छन् । राष्ट्रिय टोलीको अवस्थाबारे खेलाडीहरूले व्यवस्थापनसँग पटक पटक कुरा राख्दा समेत नेतृत्वबाट उचित सम्बोधन नभएको हामीले जानकारी पाएका छौं ।’ 

‘यसरी खेलाडीहरूमाथि सार्वजनिक रूपमा झुटो आरोप लगाएर खेलाडीको मान मर्यादामा आँच पुग्ने अभिव्यक्ति दिने र कदम चाल्ने व्यक्तिहरू खेलाडी मात्र नभएर समग्र फुटबल विकासमा बाधक हुन् । एन्फाले यस विषयमा उचित छानबिन गरेर दोषीलाई कारबाही गरोस् भन्ने हामीले माग राखेका छौं,’ खेलाडी संघले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी