२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूविरुद्ध लगाइएकाे १४ आरोप प्रमाणित गर्न एन्फाका पूर्वअध्यक्ष थापाकाे कर्माछिरिङलाई चुनाैती

२०७९, २८ बैशाख बुधबार १०:०६

वैशाख २८, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप  प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनाैती दिएका छन् । 

बुधबार ललितपुर स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै थापाले आाफूमाथि लगाइएका आरोपमध्ये १४ वटा प्रमाणित गर्न छिरिङलाई चुनाैती दिएका हुन् । आफूमाथि लगाइएकाे आरोप प्रमाणित गर्न नसके कर्माछिरिङ एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी हुने थापाकाे चेतावनी छ ।

१५ वर्ष सँगै व्यवस्थापनमा रहेका कर्माछिरिङले आफू प्रति लगाएको आरोप प्रेस विज्ञप्ति र भिडियो क्लिपमार्फत थापाले सार्वजनिक गरेका थिए । पत्रकार सम्मेलनमा थापाले शेर्पाले

विभिन्न अनलाईन तथा टिभीमा थापाविरुद्ध दिएको अन्तर्वार्ताकाे क्लिप थापाले सार्वजनिक गरेका हुन् ।  थापाले कपोल्कपित आरोप लागेको र त्यो आरोप प्रमाणित गर्नुपर्ने चुनाैती दिए ।  

‘उहाँले लगाएका कपोकल्पित आरोपहरुका कारण आम फुटबलप्रेमीमा फिफाले मलाई कारवाही गरेको तर त्यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँही सफाई दिएको भन्ने भ्रम पर्न गएको छ । त्यसकारण अब यो विवादको अन्त्य हुन जरुरी छ । म र मेरो परिवार अब लामो समयसम्म मानसिक पीडामा बसिरहन चाहन्नौं । यसअर्थमा अब उहाँसँग दुई विकल्पमात्र बाँकी छन् । उहाँले ममाथि लगाएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ त्यसो भए म कार्बाही भोग्न तयार छु । अन्यथा एन्फा विधानको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ को बुदा नम्बर ३ अनुसार उहाँले काबाही भोग्नुपर्छ । एन्फा र फिफाको विधानअनुसार पनि कुनै निर्दोष व्यक्तिउपर कुनै निराधार आरोप लगाउन पाइन्न । कसैमाथि लगाएको आरोप झुठो सावित भएमा आरोप लगाउनेमाथि कारबाही हुने फिफा कोड अफ इथिक्समा स्पष्ट रुपमा लेखिएको छ,’ थापाले भने ।

थापाले आफूविरुद्ध लागेको आरोप १४ बुँदामा प्रस्तुत गरेका छन्ः 

१. गोल्ड प्रोजेक्टअन्तर्गत आएको १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको तथा नगरपालिकाहरुले दिएको रकमहरु पनि अडिटमा नदेखाएको र ठुलो आर्थिक अनियमितता भएको 

२. एन्फामा फिक्स डिपोजिटमा जम्मा गरिएको आठ करोड रुपिया गैरकानुनी तरिकाले जम्मा गरेको र गैरकानुनी तरिकाले एन्फाको रकम व्याजमा लगाएको 

३,. एन्फालाई आएको रकम आफ्नो श्रीमती र छोराहरुको नाममा राखी अनियमितता गरेको  

४. खेलाडी कल्याण कोषमा जम्मा गरेको ५० लाख रुपयाँको स्रोत नखुलेको

५. साथी भन्ने संस्थालाई १ लाख ५० हजार डलर दिएको 

६. एन्फाको रकम ३२ प्रतिसतमा व्याजमा लगाएको 

७. रंगशालामा दर्शकबाट उठेको २८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा नगरेको र अडिटमा नदेखाएको 

८. सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको

९. कतार फुटबल संघले ८ लाख डलर दिएकोमा एन्फाको खातामा २ लाख हजार डलरमात्र जम्मा गरेर अन्य रकम हिनामिना गरेको

१०. एएफसीबाट प्रशिक्षकलाई आएको रकम अडिटमा नदेखाएको 

११. साफ च्याम्पियनसिपको दौरानमा २ करोड ५० लाख रुपैयाँ आम्दानी भएकोमा जम्मा ८५ लाख मात्र एन्फाको अडिटमा देखाएको र आर्थिक हिनामिना गरेको 

१२. भ्रष्टाचार गरेको ६० करोड रुपैयाँ खेलाडी कल्याण कोषमा जम्मा गर्ने र मलाई जेलमा हाल्ने  

१३. अरेन्ज प्रोजेक्टर सुनामी प्रोजेक्टमा समेत संलग्नता रहेको  

१४. एन्फा कम्प्लेक्स आफ्नै साधन स्रोतबाट बनाउँदा नेपालमा एउटा २ करोड १८ लाखको हिसाव देखाएको तर फिफामा करिव ३ करोडको हिसाव पेश गरेको र त्यसमध्येबाट ४० लाख रुपैयों खेलाडी कल्याण             कोशमा हालेर करिव ६० लाख रुपैयाँ हिनामिना गरेको 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित