३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उषासँगै कामनाको पनि माल्दिभ्समा विजयी सुरुवात

१३ जेष्ठ २०७९, शुक्रबार ०८:३३

जेठ १३, काठमाडौँ | नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले जारी भलिबल एसोसियसन कप–२०२२ मा सुखद् सुरुवात गरेको छ ।

विहीबार राति भएको खेलमा कामनाको उत्कृष्ट खेलप्रेरित माल्दिभ्स पुलिस क्लबले क्लब इगल्सलाई २५–१९, २५–२१, २५–२० को सोझो सेटमा हरायो । जितसँगै पुलिसले समूह ‘बी मा तीन अंक हासिल गरेको छ । 


यसअघि बुधबार राति उषा भण्डारी सम्मिलित धिबेही सिफाइन्ज क्लबले पहिलो खेलमा क्लब हाफलाइन लिङ्केजलाई २५–५, २५–१३, २५–९ को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको थियो ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका ओपन स्पाइकरद्वय कामना र उषा पहिलो पटक विदेशी लिग  खेल्दैछन् । नेपाल पुलिस क्लबका खेलाडी दुबै पहिलो पटक माल्दिभ्स पुगेर लिग खेलेका हुन् ।

दोस्रो खेलमा भोलि (शनिबार) कामना सम्मिलित टिम पुलिस क्लब र उषा सम्मिलित धिबेही सिफाइन्ज क्लब प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट