६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैंगलोरविरुद्ध राजस्थान, को पुग्ला फाइनल ?

१३ जेष्ठ २०७९, शुक्रबार ०८:५१

जेठ १३, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० प्रतियोगिताको फाइनल प्रवेशका लागि शुक्रबार (आज) रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

अहमेदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।

आजको खेलको विजेताले आइतबार उपाधिको लागि गुजरात टाइटन्ससँग खेल्नेछ । पहिलो प्लेअफमा राजस्थानलाई सात विकेटले हराउँदै गुजरात आईपीएलमा प्रवेश गरेको पहिलो वर्ष नै फाइनलमा स्थान बनाएको थियो । 


यता, बैंगलोरले इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सविरुद्ध जित निकाल्दै फाइनल प्रवेशका लागि राजस्थानसँगको भेट पक्का गरेको हो ।

आईपीएलमा यी दुई टोलीबीच हालसम्म २४ खेल भएका छन् । जसमध्ये बैंगलोरले १३ खेलमा जित निकाल्दा राजस्थानले ११ खेलमा जित हात पारेको छ ।

आईपीएल इतिहासमा राजस्थानले एक पटक उपाधि जितेको छ भने बैंगलोर हालसम्म उपाधिविहीन छ । बैंगलोर पछिल्लो पटक सन् २०१६ मा फाइनल पुगेको थियो । यस्तै, सन् २००८ को विजेता राजस्थान त्यसयता फाइनल पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या