२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्फा चुनाव : यस्ता छन् १० दाबी विरोध

२०७९, १८ जेष्ठ बुधबार ०९:२२

जेठ १८, काठमाडौँ | अखिल नेपाल फुटबल संघ (एन्फा) को ६ असारमा हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा विभिन्न सदस्यहरूको उम्मेदवारी र मताधिकामाथी १० वटा दाबी बिरोध परेको छ ।

समितिले  मंगलबार साँझ ५ बजेसम्मका लागि दाबी विरोधको समय दिएको थियो । हाल अध्यक्षका प्रत्यासी रहेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ दुबै समूहले दाबी तथा विरोध गरेका छन् ।

अध्यक्ष उम्मेदवारी दिएका पंकजविक्रम नेम्वाङ समूहले सिन्धुली जिल्ला फुटबल संघले एन्फाका केन्द्रीय सदस्य रवीन्द्रनाथ कोजुको प्रतिनिधित्वमा निर्वाचन भएको हुँदा सम्पूर्ण कानुनी प्रक्रिया पूरा पालना गरिएकाले मताधिकार कायम गर्न उजुरी गरेको छ ।

यसैगरी सोही समूहले  महिला फुटबल समितिको २६ वैशाखकाे बैठकअनुसार पेमा डोल्मा लामालाई मताधिकार दिएको र विना श्रेष्ठलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरिएकोमा कीर्ते गरि विनालाई मताधिकार र सरस्वती श्रेष्ठलाई प्रतिनिधिका रुपमा पठाएको हुँदा सो निर्णय खारेज गर्न उजुरी गरेको छ ।

यस्तै, स्याङ्जा जिल्ला फुटबल संघको मताधिकारमाथि पनि उजुरी परेको समितिले जनाएको छ । जसअनुसार जिल्ला फुटबल संघको १० वैशाख बसेको कार्यसमिति बैठकले निर्णय पठाएकोमा एन्फाले २१ गतेभन्दा अघिको बैठकको मान्यता नहुने भन्दै प्रतिपत्र पठाएको थियो । त्यहीअनुसार २१ गतेभन्दा अघि बसेको बैठक गैरकानुनी रहेको भन्दै त्यसबाट पठाइएको मताधिकार खारेजीको माग गर्दै समितिमा उजुरी परेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब फ्रेन्ड्सका अध्यक्ष दीपक थापाको मताधिकार तथा उम्मेदवारीमाथि पनि उजुरी परेको छ । थापा दोहोरो भूमिका रहँदै एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाले उनको उम्मेवारी स्वत खारेज हुने जिकिरका साथ समितिमा उजुरी परेको बताइएको छ ।

त्यस्तै कैलालीको स्टार सिटी क्लब र मनकामना क्लबले जिल्ला र केन्द्रको दुवै निर्वाचनमा मताधिकार पाएकाले त्यो स्वत विधानविपरीत हुने भन्दै दुवै क्लबको मताधिकार खारेज गर्न माग दाबी गर्दै उजुरी गरिएको छ ।

यसैगरी सिराहा जिल्ला फुटबल संघका महासचिव प्रविणकुमार यादव अहिले पनि एन्फा केन्द्रीय कार्यसमितिको सदस्य भएकोले उनले साधारण सभामा मताधिकार हुन नपाउने दाबीका साथ उजुरी परेको छ । यादवलाई वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको उम्मेदवारी घोषणा कार्यक्रममा महासचिव इन्द्रमान तुलाधरले एन्फा केन्द्रीय सदस्य भन्दै आसन ग्रहण गराएको कुरालाई उजुरीकर्ताले उनी अझै केन्द्रिय सदस्य कायम रहेको प्रमाणका रुपमा पेश गरेको छ ।

सरस्वती क्लबका मताधिकारप्राप्त प्रतिनिधि उत्तम भण्डारीको प्रतिनिधित्वमाथि पनि उजुरी परेको छ । भण्डारी सामाजिक उत्तरदायित्वको संयोजक रहेकाले सो समिति एन्फाको स्थायी कमिटी भित्र पर्ने र स्थायी कमिटीका संयोजक, सदस्यहरुको कार्यकाल चार वर्ष हुने जिकिर गर्दै त्यस्ता व्यक्तिले साधारणसभामा मताधिकार लिन नपाउने व्यवस्थाअनुसार उनको मताधिकार खारेज गर्ने माग राखिएको छ ।

यता, हालका अध्यक्ष कर्माछिरिङ शेर्पा समूहले ‘बी’ डिभिजन लिगको क्लब बाँसबारीले केन्द्रिय निर्वाचनका लागि मताधिकार दिँदा तयार पारेको निर्णय वैध नभएकाले खारेज गर्न माग राख्दै उजुरी दिएको छ । 

यसैगरी कर्मा समूहले सुर्खेत जिल्ला फुटबल संघले केन्द्रीय निर्वाचनका लागि मताधिकार र प्रतिनिधि चयन गर्दा किर्ते गरेको भन्दै निर्णय खारेजीको मागसहित उजुरी दिएको छ ।

समितिले  आज बुधबारै साँझसम्ममा उजुरीमाथि निर्णय भइसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ