६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन

१९ जेष्ठ २०७९, बिहीबार ०१:५१

जेठ १९, काठमाडौं | युरो २०२० च्याम्पियन इटालीलाई ३–० ले पराजित गर्दै अर्जेन्टिना ‘फाइनालिज्मा’ च्याम्पियन बनेको छ । बुधबार राति इङ्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउँन लौटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक–एक गोल गरे ।

खेलमा सुरुवातदेखि नै पकड बनाएको अर्जेन्टिनाले २८औं मिनेटमा मार्टिनेजले गरेको गोलबाट अग्रता लिएको थियो । मार्टिनेजले कप्तान लियोनल मेसीको क्रसमा ‘फर्स्ट टच’ गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । मार्टिनेजले निकालेको ‘थ्रू’ बलमा डी मारियाले उत्कृष्ट ‘फर्स्ट टच’ गोल गरेका थिए ।

यस्तै, खेलको इन्जुरी समयमा डिबालाले टिमका लागि तेस्रो गोल गरे । ९०औं मिनेटमा मैदान प्रवेश गरेका डिबालाले मेसीको पासमा गोल गरेका थिए । इटालीविरुद्धको जितसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा ३२ खेल पुर्याएको छ । अर्जेन्टिना पछिल्लो तीन वर्षअघि ब्राजिलसँग पराजित भएको थियो ।

खेलका लागि सन् २०२० को फेब्रअरी १२ मा युइएफए र कन्मेबोलबीच सहमति भएको थियो । यस्तै, २०२२ को मार्चमा युइएफएले यो खेल वेम्बली रंगशालामा हुने र प्रतियोगिताको नाम ‘कन्मेबोल–युइएफए कप अफ च्याम्पियनसिप’ हुने जनाएको थियो ।

यसअघि पछिल्लो पटक युरो विजेता र कोपा विजेताबीच सन् १०९३ मा अट्रेमिओ–फ्रान्ची कपको नाममा खेल भएको थियो । जसको उपाधि तत्कालीन  कोपा विजेता अर्जेन्टिनाले जितेको थियो । 

त्यसअघि सन् १९८५ मा युरो विजेता र कोपा विजेताबीच पहिलो पटक कन्मेबोल–युइएफए कप अफ च्याम्पियनसिप खेलेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या