६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप एक्लैले ५ विकेट लिएको खेलमा नेपाल ४ विकेटले पराजित, बाँकी खेल कहिले-कहिले ?

२० जेष्ठ २०७९, शुक्रबार ०२:०५

जेठ २०, अमेरिका । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङका बाबजुद नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ । पहिले ब्यासिङ गर्दै जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पाएको नेपाली अल स्टार्सले नेपालले दिएको लक्ष्य ३३.५ ओभरमै ६ विकेट गुमाएर पुरा गरेपछि नेपाल पराजित बन्न पुगेको हो । 


नेपाली अल स्टार्सको जितमा विपुल शर्मा र गौरभ बजाजले उत्कृष्ट पर्दर्शन गरे । खेलमा नटआउट रही शर्माले ५० रनको योगदान दिए भने बजाजले ४० रन बनाएर अविजित रहे । नेपाली बलर तथा कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिएर पनि खेल नेपालको पक्षमा रहन सकेन । सन्दिपको उत्कृष्ट पर्दर्शनको कारण १९ औं ओभरमा खेलको स्थिति ९६/५ मा रहेको अवस्थामा नेपाली अल स्टार कम्जोर भईसकेको थियो । तर छैटौं विकेटका लागि अलस्टारले ८३ रनको निर्णायक साझेदारी गरे । ३३ औं ओभरको खेलमा विपुल किशोर महतोको पाँचौं बलमा कुशल भुर्तेलबाट क्याच भएपनि नेपाली टिम पराजयको नजिक पुगिसकेको थियो ।

अमेरिकामा भएको ५० ओभरको खेलमा नेपालले ४५.५ ओभरमा १ सय ९० रन बनाएर अल आउट भएको थियो । नेपालका लागि ब्याट्सम्यान आरिफ शेखले सर्वाधिक रन बनाएका थिए । उनले ७४ बलमा ५ चौकासहित ६० रनमा अविजित रहे । नेपालले सुरुवातीदेखिनै खराव पर्दर्शन गरेको थियो । 


आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिका र ओमानसँग खेल्दैछ । उक्त खेल खेल्नुअघि नेपालले अब अर्को एक अभ्यास खेल खेल्नेछ । नेपालको दोस्रो अभ्यास खेल भने भोली (शनिबार) ह्युस्टन हरिकेन्ससँग हुनेछ । 

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान) छन् भने आसिफ शेख (विकेटकिपर) छन् । नेपाली टिममा कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहेका छन् । 

खेल तालिका अन्तर्गत अभ्यास खेल पछि नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत पहिलो खेल ओमानसँग जेठ २६ मा खेल्नेछ भने दोश्रो खेल जेठ २८ मा अमेरिकाविरुद्ध खेल्नेछ । त्यस्तै जेठ ३१ मा नेपालको सामना ओमान सँग हुनेछ भने असार १ मा अमेरिकाविरुद्ध अर्को खेल हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या