२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप एक्लैले ५ विकेट लिएको खेलमा नेपाल ४ विकेटले पराजित, बाँकी खेल कहिले-कहिले ?

२०७९, २० जेष्ठ शुक्रबार ०२:०५

जेठ २०, अमेरिका । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङका बाबजुद नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ । पहिले ब्यासिङ गर्दै जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पाएको नेपाली अल स्टार्सले नेपालले दिएको लक्ष्य ३३.५ ओभरमै ६ विकेट गुमाएर पुरा गरेपछि नेपाल पराजित बन्न पुगेको हो । 


नेपाली अल स्टार्सको जितमा विपुल शर्मा र गौरभ बजाजले उत्कृष्ट पर्दर्शन गरे । खेलमा नटआउट रही शर्माले ५० रनको योगदान दिए भने बजाजले ४० रन बनाएर अविजित रहे । नेपाली बलर तथा कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिएर पनि खेल नेपालको पक्षमा रहन सकेन । सन्दिपको उत्कृष्ट पर्दर्शनको कारण १९ औं ओभरमा खेलको स्थिति ९६/५ मा रहेको अवस्थामा नेपाली अल स्टार कम्जोर भईसकेको थियो । तर छैटौं विकेटका लागि अलस्टारले ८३ रनको निर्णायक साझेदारी गरे । ३३ औं ओभरको खेलमा विपुल किशोर महतोको पाँचौं बलमा कुशल भुर्तेलबाट क्याच भएपनि नेपाली टिम पराजयको नजिक पुगिसकेको थियो ।

अमेरिकामा भएको ५० ओभरको खेलमा नेपालले ४५.५ ओभरमा १ सय ९० रन बनाएर अल आउट भएको थियो । नेपालका लागि ब्याट्सम्यान आरिफ शेखले सर्वाधिक रन बनाएका थिए । उनले ७४ बलमा ५ चौकासहित ६० रनमा अविजित रहे । नेपालले सुरुवातीदेखिनै खराव पर्दर्शन गरेको थियो । 


आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिका र ओमानसँग खेल्दैछ । उक्त खेल खेल्नुअघि नेपालले अब अर्को एक अभ्यास खेल खेल्नेछ । नेपालको दोस्रो अभ्यास खेल भने भोली (शनिबार) ह्युस्टन हरिकेन्ससँग हुनेछ । 

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान) छन् भने आसिफ शेख (विकेटकिपर) छन् । नेपाली टिममा कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहेका छन् । 

खेल तालिका अन्तर्गत अभ्यास खेल पछि नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत पहिलो खेल ओमानसँग जेठ २६ मा खेल्नेछ भने दोश्रो खेल जेठ २८ मा अमेरिकाविरुद्ध खेल्नेछ । त्यस्तै जेठ ३१ मा नेपालको सामना ओमान सँग हुनेछ भने असार १ मा अमेरिकाविरुद्ध अर्को खेल हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा