६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोर्डनलाई रोक्ने नेपालको योजना

२४ जेष्ठ २०७९, मंगलवार १५:१४

जेठ २४, कुवेत | नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्धको खेल नेपाली राष्ट्रिय फुटबल टिमका लागि निकै महत्वपूर्ण भएको बताएका छन् । 

एएफसी एसियन कपका लागि तेस्रो चरणको छनोटअन्तर्गत जोर्डनविरुद्ध खेल्नुअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले यस्तो प्रतिकृया दिएका हुन् । 

‘हामीलाई धेरै दबाब छैन । किनभने हाम्रो समूहमा पोर्ट ४ को राष्ट्र हौँ । यसैकारण हामीमा कुनै दबाब छैन । तर, एक टिमको रुपमा हामी केही गर्न चाहन्छौं । यो खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । भोलिको खेलमा उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ,’ अल्मुताइरीले भने । 

‘हामीले दोहामा हुँदा भारत र अस्ट्रेलियाविरुद्धको जोर्डनको खेल हेरेका थियौं । यसैकारण उनीहरु कस्तो खेल्छन् भोली के गर्न सक्छन् भन्ने हामीले विश्लेषण गरेका छौं । हामीले जोर्डनलाई रोक्न सक्यौं भने त्यसपछि कुवेत र इन्डोनेसियासँग पनि राम्रो नतिजालाई लक्षित गर्नेछौं ।’

हाल नेपाली टोलीमा २३ खेलाडीसहित नौ अफिसियल छन् । छनोटमा नेपालले जेठ २५ गते जोर्डन, २८ गते घरेलु टोली कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्ने तालिका छ ।

यस्तै नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले राम्रो खेल्दै नजिता आफ्नो पक्षमा पार्न हरप्रयास जारी राख्ने बताए । 

नेपाल र जोर्डनबीचको खेल भोलि राति स्थानिय समय अनुसार सवा १० तथा नेपाली समय अनुसार १ बजे हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या