कुवेत सिटीस्थित ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कुवेत सिटीस्थित ज"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अचेत भएका प्रशिक्षक अब्दुल्लाहको अवस्था सामान्य, भएको के थियो ?

२९ जेष्ठ २०७९, आईतवार ०५:४९

जेठ २९, काठमाडौं | अचेत भएर मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको अवस्था सामान्य देखिएको छ । 


कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल र कुवेतबीचको खेलको दोस्रो हाफमा टेक्निकल एरियामा उभिएका प्रशिक्षक अल्मुताइरी सोही स्थानमा लड्न पुगेका थिए । उनी लडेसँगै सहायक प्रशिक्षक किरण श्रेष्ठ उठाउन पुगेका थिए । तर, उनी अचेत भइसकेका थिए ।

सोही समयमा नेपालले कुवेतसँग दोस्रो गोल खान पुगेको थियो । खेलको ४८औं मिनेटमा कुवेतले काउन्टरमा बल बढाउँदा प्रशिक्षक अब्दुल्लाह लड्न पुगेका थिए । सोही मुमेन्टमा कुवेतले दोस्रो गोल गरेको थियो । गोललगत्तै खेल करिब ४ मिनेट रोकिएको थियो । यसपछि प्राथमिक उपचारपछि उनलाई अस्पताल लगिएको हो ।  

हाल उनको अवस्था सामान्य रहेको अस्पताल पुगेका अफिसियल कृष्णभक्त मानन्धरले बताएका छन् । एक दिन अस्पताल राखेर सामान्य चेकजाचपछि होटल फर्काइने बताइएको छ । 

मुटुमा समस्या रहेका अब्दुल्लाह केही दिनदेखि आफ्नो स्वास्थ ठिक नभएको बताउँदै आएका थिए ।  

दोस्रो खेलमा नेपाल ४–१ अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम खेल नेपालले ३१ गते इन्डोनेसियाविरुद्ध खेल्नेछ । सो खेलमा भने प्रशिक्षक अब्दुल्लाह टेक्निकल एरियामा बस्न पाउँदैनन् । दुई खेलमा लगातार  पहुँलो कार्ड प्राप्त गरेका कारण उनी निलम्बनमा हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या