६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियासँगको फराकिलो हारपछि अल्मुताइरी भन्छन्– सबै दोष मेरो हो, खेलाडीलाई दोष नदिनु

१ असार २०७९, बुधबार ०७:०२

असार १, काठमाडौँ | इन्डोनेसियासँगको फराकिलो हारसँगै नेपालले मंगलबार राति एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताको अन्त्य गरेको छ ।

अंकविहीन रहेर प्रतियोगिताको अन्त्य गरेपछि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हारको सबै दोष आफ्नो रहेको र खेलाडीलाई दोष नदिनु भन्ने पुरानै भनाइ दोहोर्‍याएका छन् । अल्मुताइरीले प्रत्येक खेलपछि नियमित रूपमा भन्ने डायलग हो यो । त्यो गए राति पनि दोहोर्‍याए ।


‘प्रिय नेपाली समर्थक…. हाम्रो एसियन कप २०२२ छनोट प्रतियोगिताको यात्रा समाप्त भएको छ । यसमा हामीले केही सकारात्मक र केही कमजोरीहरू भेट्टाएका छौँ, त्यो सेप्टेम्बरमा हुने अर्को मैत्रीपूर्ण खेलअघि सुधार गर्नुपर्छ,’’ अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘‘म चाहन्छु, सबै दोष मलाई दिनु । खेलाडीहरूलाई दोष नदिनुहोस् ।’’

कुवेतमा सम्पन्न प्रतियोगितामा नेपाल गए राति इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । सुमन अर्यालले दोस्रो पहेँलो कार्डको सामना गरेपछि नेपाल १० खेलाडीमा सीमित बनेको थियो । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ ले हारेको थियो ।

कुवेतविरुद्धको खेलमा अल्मुताइरी मैदानमा ढलेका थिए । तर, उनी के भएर ढलेको भनेर अखिल नेपाल फुटबल संघ (एन्फा) र उनी स्वयंले केही खुलाएका छैनन् । मैदानमा प्राथमिक उपचारपछि उनलाई अक्सिजन दिएर अस्पताल लगिएको थियो । अस्पतालबाट उनी भोलिपल्टै डिस्चार्ज भएका थिए ।

प्रतियोगिताअघि अल्मुताइरीले ‘तानासाह व्यहार गरेर आफूलाई निकालेको’ भन्दै राष्ट्रिय टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । खेलाडीको पक्षमा नियमित कप्तान एवं गोलकिपर किरण चेम्जोङ र अर्का गोलकिपर विकेश कुथुले पनि साथ दिएका थिए ।

त्यसपछि अल्मुताइरीले किरण, रोहित चन्द, विकेश, अञ्जान विष्ट, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, तेज तामाङ, सुमन लामालाई बाहिर राख्दै टिम बनाएका थिए । त्यही टिमले कुवेतमा प्रतिस्पर्धा गरेको हो । कुवेतमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए । अन्तिम खेलमा नवयुगलाई बेन्चमा राख्दै पुजन उपरकोटीलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या