६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यकारी समितिले पूर्णता पायो

२६ असार २०७९, आईतवार १३:२५

असार २६, काठमाडौं | नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ ।

कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले समितिमा मनोनीत पदाधिकारीहरूलाई आइतबार मनोनयन पत्र हस्तान्तरण गरे ।

मनोनीत हुनेमा सदस्यहरूमा राखेपका बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख लक्ष्मीप्रसाद भट्टराई, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङ, प्रशासन विभागका प्रमुख मधुसूदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, खेलकुद विकास विभागका प्रमुख वज्रबहादुर केसी, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक संगमसिंह थापा, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा रहेका छन् ।

कार्यकारी समितिको सदस्य–सचिवको जिम्मेवारी प्रचार प्रसार शाखाका प्रमुख फणीन्द्र पौड्यालले पाएका छन् । पौड्यालले नवौं राष्ट्रिय खेलकुद सचिवालय प्रमुखको जिम्मेवारी समेत पाएका छन् ।

मनोनयन पत्र हस्तान्तरणपछि बसेको बैठकमा सदस्य–सचिव घिसिङले मनोनीत हुने पदाधिकारीलाई राष्ट्रिय पर्वका रूपमा रहेको बृहत् खेलकुदलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न एकजुट भएर अगाडि बढ्न निर्देशन दिँदै पाएको जिम्मवेरीलाई पूरा गर्न सबै कटिबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या