६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खराब ब्याटिङसँगै नेपाल नामिबियासँग पराजित

२८ असार २०७९, मंगलवार ०२:४५

असार २८, काठमाडौं | आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । सोमबार राति स्कट्ल्यान्डको न्यु  काम्बसडनमा सम्पन्न खेलमा पराजित भएसंगै नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा हारबाट सुरुवात गरेको हो ।

२२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८० रनमा समेटियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रन बनाए । यस्तै, देव खनालले ३४, कुसल भुर्तेलले २७, करण केसी १९, आसिफ शेख १४,  आदील आलम र सोमपाल कामी समान १० रन जोडे ।

यस्तै, दिपेन्द्र सिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा आउट हुँदा  उपकप्तान रोहित पौडेल र कप्तान सन्दीप लामिछाने सुन्यमा पेभेलियन फर्किए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनायो ।

नामिबियाका जान निकोल लोफ्टीले सर्वाधिक  ६० रन बनाए । यस्तै, डिभान ला ककले ४१,  गेर्हार्ड एरास्मुसले २२ रन, क्रेग विलियम्सले २१ जोडे । 

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले ५४ रन खर्चिए । यस्तै, सोमपाल कामीले २,  करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

हारसँगै नेपाल डिभिजन लिग २ को अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ । नामिबिया १६ खेलमा १६ अंक जोडेर पाँचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या