नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिएको पुबुदु क्यानडाको प्रशिक्षकमा नियुक्त

Posted on: 20 Jul, 2022

साउन ४, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् ।

नेपाली टिमबाट राजीनामा दिएको दुई घण्टा नबित्दै पुबुदु आफ्नो राष्ट्र क्यानडाका मुख्य प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले जनाएको छ ।

उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अकस्मात राजीनामा दिने घोषणा गरेका थिए ।

उनी श्रीलंकन मुलका क्यानेडियन नागरिक हुन् ।

क्रिकेट क्यानडाले आधिकारिक फेसबुक पेजमा पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएको भन्दै बधाई दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!