६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क प्रस्थान, पुबुदु स्वदेश फर्किए

७ श्रावण २०७९, शनिबार ०२:३४

साउन ७, काठमाडौँ | महिला फुटबल रेफ्री द्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउन त्यसतर्फ प्रस्थान गरेका छन् । डेनमार्कमा आगामी २५ देखि ३० जुलाईसम्म हुने युथ सकर अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिकामा देखिने दुई रेफ्री शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

दुई रेफ्रीसँगै नेपाल क्रिकेट टिमबाट राजीनामा दिएका पुबुदु दासानायके समेत स्वदेश फर्किएका छन् । रेफ्री द्वय श्रेष्ठ र धिमालले घरेलु महिला प्रतियोगितासँगै एएफसी यु–१४,  यु–१४ महिला साफ च्याम्पियनसिप, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)लगायत प्रतियोगितामा असिस्टेन रेफ्रीको भूमिका निर्वाह गरेका छन् ।

सन् सन् १९८२ बाट आयोजना सुरु भएको डाना कपमा ४५ देशका एक हजारभन्दा बढी टिम सहभागी हुने आयोजक टिमका मार्केटिङ म्यानेजर एलिसन लाइज फोरम्यानले जानकारी गराएका छन् ।

जुन प्रतियोगिता डेनमार्ककै सवैभन्दा ठूलो स्पोर्टस् इभेन्ट हो । जसलाई विश्वकै सबैभन्दा ‘टप’ वरीयताको युथ प्रतियोगिता मानिन्छ । युईएफएले मान्यता दिएको प्रतियोगितामा २० हजारभन्दा बढी सहभागी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या