२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क प्रस्थान, पुबुदु स्वदेश फर्किए

२०७९, ७ श्रावण शनिबार ०२:३४

साउन ७, काठमाडौँ | महिला फुटबल रेफ्री द्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउन त्यसतर्फ प्रस्थान गरेका छन् । डेनमार्कमा आगामी २५ देखि ३० जुलाईसम्म हुने युथ सकर अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिकामा देखिने दुई रेफ्री शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

दुई रेफ्रीसँगै नेपाल क्रिकेट टिमबाट राजीनामा दिएका पुबुदु दासानायके समेत स्वदेश फर्किएका छन् । रेफ्री द्वय श्रेष्ठ र धिमालले घरेलु महिला प्रतियोगितासँगै एएफसी यु–१४,  यु–१४ महिला साफ च्याम्पियनसिप, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)लगायत प्रतियोगितामा असिस्टेन रेफ्रीको भूमिका निर्वाह गरेका छन् ।

सन् सन् १९८२ बाट आयोजना सुरु भएको डाना कपमा ४५ देशका एक हजारभन्दा बढी टिम सहभागी हुने आयोजक टिमका मार्केटिङ म्यानेजर एलिसन लाइज फोरम्यानले जानकारी गराएका छन् ।

जुन प्रतियोगिता डेनमार्ककै सवैभन्दा ठूलो स्पोर्टस् इभेन्ट हो । जसलाई विश्वकै सबैभन्दा ‘टप’ वरीयताको युथ प्रतियोगिता मानिन्छ । युईएफएले मान्यता दिएको प्रतियोगितामा २० हजारभन्दा बढी सहभागी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित