२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतसँग नेपालको लज्जास्पद हार, ८-० ले पराजित

२०७९, १५ श्रावण आईतवार १५:४२

साउन १५, काठमाडौँ । साफ यू२० च्याम्पियन्सिपको समूह चरणको तेस्रो खेलमा नेपाल भारतसँग ८-० ले पराजित भएको छ । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो र लज्जास्पद हार‌ हो ।

लगातार दुई खेल जितेको नेपाललाई भारतले पहिलो हाफमा १ गोल गरेर अग्रता लिएको थियो । नेपालले दोश्रो हाफमा झनै खराब पर्दर्शन गर्दा एकोहोरो भारतको पक्षमा खेल गयो । दोश्रो हाफमा भारतले ७ गोल थप्यो । 

भारतको घरेलु मैदानमा भएको खेलमा भारतले नेपाललाइ गोल गर्ने अवसरनै दिएन । भारतले खेलको ३२ अ‍ौं मिनेटमा टाइसन सिंह लोइटङबमको गोलमा अग्रता लिएको थियो । 

दोस्रो हाफको सुरुवातमै भारतले लगातार गोल गर्दै अग्रता बढायो । खेलमा भारतका पार्थिव गोगोइले ५२ अ‍ौं मिनेटमा दोश्रो गोल गरे । त्यसको एक मिनेट पछि पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३-० को अग्रतामा लगे ।

त्यस्तै खेलको ६२ अ‍ौं मिनेटमा पाथुप गिमानाले गोल गर्दैै भारतलाई ४-० ले अग्रता दिलाए । खेलको ७१ अ‍ौं मिनेटमा भारतले पेनाल्टी पाएर ५ औं गोल गर्यो । त्यस्तै मोहमद रिकाजले ७८ अ‍ौं मिनेटमा गोल गर्दै भारतको खातामा ६ गोल जम्मा गरे । त्यस्तै गुर्किरत सिंहले ८९ अ‍ौं मिनेटमा गोल गर्दै ७-० बनाए भने सुभो पलले इन्जुरी समयमा गोल गर्दै ८-० बनाए । यसरी नेपालले भारतबिरुद्धको खेलमा ८-० को लज्जास्पद हार व्यहोर्न पुग्यो । 

यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ भने भारत दोश्रो स्थानमा उक्लिएको छ । नेपाल र भारतको समान ३ खेलमा दुई/दुई खेल जित्दै ६/६ अंक भएपनि हेड टु हेडमा भारत अगाडी । १-१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ‌‌। 

अब मंगलबार हुने खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्सको सामना गर्दैछ । फाइनल खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ