२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यु २० साफ: भारतसँगको हारपछि नेपालको फाइनल पुग्ने सम्भावना न्यून

२०७९, १६ श्रावण सोमबार ०३:०७

साउन १६, काठमाडौँ। यु २० पुरुष साफ च्याम्पियनसिपमा घरेलु टिम भारतसँग लज्जास्पद हार बेहोरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्युन बनेको छ । आइतबार नेपाली टिमले भारतसँग ८–० को फराकिलो हार बेहोर्‍यो।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गर्दा टाइसन सिंह लोङटोङबाङ, पथुम गिम्हाना, हिमान्सु जङ्ग्रा, टङ्कधर बाग,  गुरकिरत सिंह र सुभो पौलले एक–एक गोल गरे ।

खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । उनले नेपाली गोलकिपर इश्वर गुरुङले बल समाउन नसक्दा आएको पाएको सुनौलो मौकामा टाइसनले हेडर गोल गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको भारतले दोस्रो सात गोल थप्यो । 

खेलको ५०औं मिनेटमा पार्थिवले भारतको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि पार्थिवले नै भारतलाई तेस्रो अग्रता दिलाए । ६४औं मिनेटमा पथुम गिम्हानाले चौथो गोल गर्दा ७२औं मिनेटमा हिमान्सु जङ्ग्राले अग्रतालाई ५–० मा पुर्याए । यस्तै, ७८औं मिनेटमा टंकधरले छैटौं गोल गर्दा निर्धारित समयको अन्तिम मिनेटमा गुरकिरत सिंहले सातौं गोल गरे ।

नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारतले तीन खेलबाट ६ अंक जोड्यो । समान अंक भए पनि नेपाल गोल अन्तरको आधारमा तालिकाको तेस्रो स्थानमा छ ।

अब, अन्तिम दिन नेपालले बंगलादेशको सामना गर्नेछ । जुन खेलमा नेपाल ५-० ले विजयी हुनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित