६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला साफः दोस्रो चरणमा ३५ खेलाडी छानिए

१७ श्रावण २०७९, मंगलवार १३:२३

साउन १७, काठमाडौं | नेपालमा लगातार दोस्रो पटक आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले दोस्रो चरणमा ३५ खेलाडी छनोट गरेका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)को नियुक्तिसँगै ५८ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थापाले मंगलबार ३५ खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरेका हुन् । अब थापाले अन्तिम छनोटमा २३ सदस्यीय खेलाडी घोषणा गर्नेछन् । 

साफ च्याम्पियनसिप १३-२५ भदौसम्म दशरथ रंगशालामा हुँदैछ । नेपालले १३ भदौमा भुटानविरुद्ध बुलेका ५ बजे खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । दोस्रो खेल १९भदौमा श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । 

साफ च्याम्पियनसिपको पाँचौँ संस्करण समाप्त हुँदा नेपाल उपाधिविहीन छ । चारपटक फाइनल खेलेकोे नेपाल एकपटक सेमिफाइनलबाटै बाहिर भएको थियो । 

३५ खेलाडीकाे नामः 

गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता वि.क.

रक्षकः हिराकुमारी भुजेल, सृजना सिंह ठुकरी, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पुजा राना, पुनम जर्घामगर, निशा थोकर, सृजना चेम्जोङ, विमला विक, समीक्षा घिमिरे

मिडफिल्डरः विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, सविता रानामगर, प्रिती राई, सरु लिम्बू, दीपा शाही, इन्दिरा राई, सरस्वती ऐर, अनिता बस्नेत, हिमा चौधरी, कुशुम खतिवडा

फरवार्डः सवित्रा भण्डारी (साम्बा), अमिशा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला वि.क, चन्द्रा भण्डारी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या