६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिकेटर अमित श्रेष्ठ आइटेल मोबाइलको सदभावना दूत

३० श्रावण २०७९, सोमबार ०९:५७

साउन ३०, काठमाडौँ | क्रिकेटर अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी आइटेलले सदभावना दूत (ब्रान्ड एम्बेस्डर) बनाएको छ । 

नेपाल पुलिस क्लबका ब्याटरसमेत रहेका २८ वर्षीय अमितलाई महालक्ष्मी मोबाइल आइटेलले  एक वर्षका लागि नियुक्त गरेको हो । यससंगै अमितलाई आइटेलले खेल सामग्री  सहयोग गर्नेछ । 


दायाँ हाते ब्याटर अमितले नेपालको यु-१९ टोलीबाट समेत खेलिसकेका छन् । अमितले घरेलु प्रतियोगितामा लगातार दोस्रो शतक प्रहार गरेका थिए । उनले वीरगन्जबाट सन् २०१२ मा दुई शतक बनाएका हुन् । 

फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग भने अमितले काठमाडौ किङ्स ११ बाट खेलेका थिए ।

आइटेल कम्पनी  सन् २०१७ बाट प्रयोगमा आएको हो । जुन १७ देशमा प्रयोगमा छ । जसमध्ये अफ्रिकामा बढी प्रयोग हुँदै आएको महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले बताए ।  उनले आइटेल मोबाइल नेपालमा नम्बर वान भएको दाबी गरे ।   

सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण सहकार्य गरेको बताए । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलका लागि केही गरौं भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं । खेलाडीलाई पनि सहयोग होस् र हाम्रो नि प्रचार होस् भनेर सहकार्य गरेका हौं,’ पौडेलले भने । उनले खेल सामग्री करिब एक लाख २० हजार रुपैयाँसम्मकाे हुने बताए । जसबापत अमितले कम्पनीको प्रचार गर्नेछन् ।

अमितले भविष्यमा क्रिकेट खेल्ने यो सहकार्यले राहत पुग्ने बताए । उनले भने, ‘यो सहकार्यका लागि आइटेललाई धन्यवाद । यसपछि मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ,’ अमितले भने । सम्झौतामा पौडेल र अमितले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या