६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लियोपार्ड फिजियोको तयारी सुरु

४ भाद्र २०७९, शनिबार १२:२१

भदौ ४, काठमाडौं | विश्व फिजियोथेरापी दिवसको अवसरमा हुन लागेको फिजियोथेरापिस्टहरूको फुटसल प्रतियोगिताको लागि लियोपार्ड फिजियोले तयारी सुरु गरेको छ । 

क्लबले शनिबार एक कार्यक्रममार्फत टिमको जर्सी, स्पोन्सर र खेलाडी सार्वजनिक गरेको हो । क्लब मालिकमा सुरज भुसाल र समिद कातिला श्रेष्ठ छन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान बिराज महर्जन र विशिष्ट अतिथिमा नियो हेल्थ क्लिनिकका सूर्य कुवरको उपस्थिति थियो । 

प्रतियोगिताको लागि लियोपार्डलाई १८ वटा प्रायोजकले सहयोग गरेको छ । 


कार्यक्रममा बोल्दै पूर्व कप्तान बिराज महर्जनले यस्ता प्रतियोगिताहरूबाट फिजियोहरूले खेलाडीको मनोभाव बुझ्न सहयोग पुग्ने बताए ।

‘खेलाडीहरूका स्वास्थ्यका लागि महत्त्वपूर्ण सहयोगीको रूपमा मैदानमा बस्नुहुने फिजियोथेरापिस्टहरूको यस्ता प्रतियोगिताबाट खेलाडीहरूको मनोभावलाई अझ गहिरिएर बुझ्न सहयोग पुग्नेमा म विश्वस्त छु । प्रतियोगिताको लागि लियोपार्ड फिजियोलाई शुभकामना दिन चाहन्छु,’ बिराजले भने । 

यस्तै, क्लबका मालिक भुसालले प्रतियोगिताको उपाधि जिते शतप्रतिशत रकम खेलाडीहरूलाई दिने र एक गोल बराबर पाँच सय रुपैयाँ प्रदान गरिने बताए ।

‘हरेक खेलमा खेलाडीसँगै रहने फिजियोहरूलाई पनि मनोरञ्जन दिने हाम्रो उद्देश्य हो । हामीले प्रतियोगिताको उपाधि जितेको खण्डमा प्राप्त नगद सबै खेलाडीलाई दिनेछौँ । र, प्रतियोगितामा प्रत्येक गोलबापत पाँच सय रुपैयाँ दिने निर्णय गरेका छौं,’ भुसालले भने ।

भदौ २३ गते फिजियोथेरापी दिवसको अवसरमा नेपाल फिजियोथेरापी संघ (नेस्ट) आयोजना हुने प्रतियोगितामा काठमाडौंका ६ र दुई मोफसलका गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसँगै ट्रफी र मेडल पुरस्कार पाउनेछन् ।

लिग कम नकआउट पद्धतिमा चल्ने प्रतियोगिताको सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या