६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज एशिया कपको फाइनल, श्रीलंका र पाकिस्तान उपाधिका लागि भिड्दै

२६ भाद्र २०७९, आईतवार ०७:५१

भदौ २६, काठमाडौँ । यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । सुपर फोरअन्तर्गतको अन्तिम खेलमा आज श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । एसिया कपको फाइनल पुगिसकेका दुवै टोली सुपर फोरमा अपराजित रहन चाहन्छन् । 


यो खेलको विजेता शीर्ष तथा पराजित हुने टोलीले दोस्रो स्थानमा रहेर फाइनल खेल्नेछन् । सुपर फोरका अघिल्ला खेलमा पाकिस्तानले भारतलाई ५ तथा अफगानिस्तानलाई एक विकेट हराउँदा श्रीलंकाले भारतविरुद्ध ६ तथा अफगानिस्तानविरुद्ध ४ विकेटको जित निकालेको थियो । 

एशिया कप सुरु हुनुअघि कसैले पनि फाइनलमा श्रीलंका र पाकिस्तान खेल्नेछ भनेर सोचेका थिएनन् । पहिलो खेलमा पनि श्रीलंका अफगानिस्तानसँग पराजित भएको थियो । तर त्यसपछिका लगातार ४ खेल जितेर श्रीलंका फाइनलमा मात्र प्रवेश गरेको छैन, उपाधिको प्रमुख र बलियो दाबेदारी पनि प्रस्तुत गरेको छ । 

आईसीसी वरियतामा पाकिस्तान विश्वको दोस्रो नम्बरमा रहेको टोली हो । जबकी श्रीलंका आठौं नम्बरमा छ । यसले दुई टोलीबीचको भिन्नतालाई स्पष्ट पार्छ । यो वर्ष श्रीलंकाले १६ टी–२० खेल खेलेको छ । जसमा टोलीले जम्मा ६ जित हात पारेको छ । ९ खेलमा हार बेहोरेको छ भने एक खेल बराबरी भएको छ । अर्थात यस वर्षको एसिया कप अघि टोलीले ११ खेलमा दुई जित मात्रै पाएको थियो । तर टोलीले प्रतियोगितामा फरक स्तरको क्रिकेट खेलिरहेको छ ।

एसिया कपमा यी दुई टोलीले हालसम्म १५ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा श्रीलंका बलियो देखिन्छ । उसले एसिया कपमा पाकिस्तानलाई १० खेलमा हराएको छ । त्यस्तै, पाकिस्तानले एसिया कपको पाँच खेलमा श्रीलंकालाई हराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या