यु-१७ साफ: नेपाल र भारत भिड्ने

Posted on: 13 Sep, 2022

भदौ २८, काठमाडौँ । श्रीलंकामा जारी यु १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंकामाथि ६–० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गरेको हो । अब नेपालले उपाधिका लागि भारतसँग बुधबार खेल्नेछ ।


सोमबार बेलुका भएको खेलमा नेपाली टोलीलाई जिताउन हरिस भट्ट, प्रशान्त लक्षमण, सुवास बम, निरोज कार्की, युनेश बुढाथोकी र सिजल राईले समान एक/एक गोल गरे ।  

फाइनलमा नेपालसँग भिड्ने पक्का भएको भारतले पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई ३–० ले पराजित गरेको थियो । फाइनल भिड्नु अघि नेपालले यसअघिनै समूह चरणको खेलमा भारतलाई ३–१ को गोल अन्तरले पराजित गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!