६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आउँदैछु भनेर आइतबारै हिँडेका सन्दीप कहाँ छन्?

२८ भाद्र २०७९, मंगलवार ०७:३३

भदौ २८, काठमाडौँ | नाबालिग बलात्कार आरोपमा प्रहरीको फरार सूचीमा रहेका क्रिकेटर सन्दीप लामिछाने आइतबारयता सम्पर्कविहीन छन्। आइतबार नै आफू नेपाल आउन लागेको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)लाई जानकारी दिएका उनी नेपाल आइपुगेका छैनन्। उनी कहाँ छन्? यसबारे न त प्रहरीलाई केही जानकारी छ, न त क्यानसँग नै उनी सम्पर्कमा छन्।

नेपाल समय

सन्दीपले भदौ ५ र ६ गते राति गौशालास्थित एक होटलमा आफूमाथि जबर्जस्ती करण गरेको भन्दै १७ वर्षीय नाबालिगले भदौ २१ मा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। उक्त उजुरीपछि प्रहरीले घटनाबारे प्रमाण संकलन र पीडित पक्षको बयान लिएको छ।

सन्दीप भदौ ६ गते केन्यामा हुने टी–ट्वान्टी खेल खेल्न केन्या पुगेका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी उत्तर अमेरिकी देश सेन्ट लुसिया पुगेका थिए। टी–ट्वान्टी सिरिज खेलेर उनी सेन्ट लुसिया पुगेका हुन्। नेपाली टोली केन्यामा एकदिवशीय क्रिकेट (ओडीआई) खेलिरहेका बेला यता गत भदौ २१ गते १७ वर्षीय एक किशोरीले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै प्रहरी वृत्त गौशालामा उजुरी दिइन्। तथापि, उनीविरुद्ध उजुरी परेको एक साता भइसक्दा पनि उनी नेपाल फर्किएका छैनन्। क्यानका अनुसार उनी आइतबार स्वदेश फर्किने भनी हिँडेका थिए।

क्यानका अनुसार उनी आइतबार स्वदेश फर्किने भनी हिँडेका थिए। ‘आइतबार उनले नेपाल फर्किंदै गरेको र आफू एयरपोर्टमा भएको बताएका थिए, त्यसयता उनीसँग सम्पर्क भएको छैन,’ क्यानका सचिवले बताए। उनले भने, ‘अहिलेसम्म नेपाल आइपुगि सक्नुपर्ने हो।’ यता, सन्दीप नेपाल फर्किने सूचना पाएको प्रहरी चनाखो भएको छ। अध्यागमन विभागमा पत्राचार गरी उनलाई प्रहरीले कालोसूचीमा राख्न लगाएको छ। विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। 

क्यारेबियादेखि नेपाल फर्किन ३ देखि ४ वटा ट्रान्जिट पर्ने भएकाले आज मंगलबारसम्ममा सन्दीप नेपाल आइपुग्ने विश्वास प्रहरीको छ। आइतबार नै हिँडेको भए सम्भवतः उनी आजै नेपाल आइपुग्नेछन्। ‘उनी आफैंले अनुसन्धानमा सहयोग गर्नेगरी फर्किन्छु भनेपछि इन्टरपोलको सहयोग लिएका छैनौं,’ परिसरका एसएसपी बोहराले भने, ‘नेपाल नफर्किए केही दिनमै इन्टरपोलको प्रक्रिया सुरु गर्छौं।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या