६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनसँगको हारसँगै यू-२० मा छनोट हुने नेपालको सम्भावना सकियो

३० भाद्र २०७९, बिहीबार ०४:५३

भदौ ३०, काठमाडौँ | बहराइनसँग ६-० ले पराजित भएसँगै नेपाली युवा टिमको अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । बहराइनमा जारी छनोटको समूह 'बी' मा परेको नेपालले सुरुआती तीन खेलमा पराजय बेहोरेसँगै एक खेल बाँकी हुँदै सम्भावना समाप्त भएको हो ।

बुधबार राति भएको समूह चरणको तेस्रो खेलमा नेपालले प्रतियोगिताकै खराब नतिजा बेहोर्नु परेकाे हाे । बहराइनका मोहमद अलीले १८औं मिनेटमा पेनाल्टी पाएको थियो ।

सोही पेनाल्टीको सदुपयोग गर्दै बहराइनी कप्तान अब्दुल्लाह सुल्तानले घरेलु टिमलाई अग्रता दिलाएका थिए । त्यसैको ९ मिनेट नबित्दै नेपाली डिफेन्डर अमर श्रेष्ठले रातो कार्ड पाए पछि नेपाल पहिलो हाफमै १० जना खेलाडीमा समेटियो | नेपालविरुद्ध हाबी भएको बहराइनले ३७औं मिनेटमा पुनः गोल गर्‍यो । साद अब्दुल्लाले गोल गर्दै मध्यान्तरअघि घरेलु टिमको अग्रता २-० को पारे ।

नेपाली टिमले दोस्रो हाफमा थप चार गोल खायो । ६७औं मिनेटमा गड्बानले हेडरमार्फत गोल गर्दै बहराइनको अग्रता ३–० मा लम्ब्याएका थिए । अब्दुल्लाह अलीले ८४ र ८८औं मिनेटमा लगातार दुई गोल गरे ।

इन्जुरी समयमा मुबारक मोहमदले सोलो गोल गर्दै बहराइनका लागि ६–० को फराकिलो जित सुनिश्चित गरे । 

 समान दुई खेलबाट चार अंक जोडेको बहराइन दोस्रो तथा बंगलादेश पनि चार अंकसहित तेस्रो स्थानमा छ । यस्तै, पहिलो खेलमा नेपाललाई पराजित गरेको भुटान चौथो स्थानमा रहँदा अंकविहीन नेपाल पाँचौं स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेल आइतबार बंगालदेशसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या