६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप लामिछाने सिंगापुरमा, किन फर्किएनन् नेपाल ?

३१ भाद्र २०७९, शुक्रबार ०५:१२

भदौ ३१, काठमाडौँ | १७ वर्षीया नाबालिगमाथि  बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने हाल सिंगापुरमा रहेको खुलेको छ । 

जमैकाबाट सिंगापुर आएका उनले त्यहीँ बसेर कानूनी परामर्श गरिरहेका छन् । क्रिकेट लिग खेल्नका लागि जमैकामा रहेका सन्दीपले यौनजन्य कसुरको आरोप लागेपछि आफू केही दिनमा नेपाल आउने बताएका थिए । तर, नेपालका कानून व्यवसायीसँग सल्लाह गरेपछि उनी मन बदलेर सिंगापुरतिर लागेको बुझिएको छ । उनलाई कानूनी परामर्श दिन अधिवक्ता सरोज घिमिरे नेपालबाट गएको स्रोतले जानकारी दियो ।


प्रहरीमा सन्दीपविरुद्ध जाहेरी दर्ता भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सम्पर्क गरेको थियो । त्यसबेला सन्दीपले आफू चाँडै नेपाल आउने भन्दै कानूनी प्रक्रियामा सहायताका लागि क्यानसँग आग्रह गरेका थिए । तर, जमैकाबाट हिँडेपछि उनी क्यानको सम्पर्कमा छैनन् । उनी आफैं हिसाबले कानूनी लडाईं लड्ने तयारी गरिरहेका छन् ।

सन्दीप तत्काल नेपाल नआइकन मुद्दा लड्न सकिने विकल्पहरु खोजिरहेको स्रोतको भनाइ छ ।‘यदि नेपालको अदालतले दोषि ठहर्याएर सजाय सुनाएको खण्डमा एकैपटक जेल बस्ने गरी फर्किने सोचमा हुनुहुन्छ, तर राय–सल्लाह लिने क्रम जारी छ,’ सन्दीप निकट स्रोतले जानकारी दियो ।

सन्दीपमाथि अनुसन्धान गरिरहेको प्रहरी उनको पर्खाइमा छ । सन्दीपले आफैं नेपाल आउने र कानूनी लडाईं लड्ने बताएकाले प्रहरीले थप कदम चाल्नु आवश्यक ठानेको छैन । तर, यदि उनी नेपाल आउन ढिलाइ गरेको खण्डमा इन्टरपोलमार्फत पक्राउ गर्नुपर्ने हुनसक्ने प्रहरी स्रोत बताउँछ ।

‘नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाइरहेको खेलाडीलाई पक्राउ गर्नका लागि इन्टरपोललाई सूचित गर्नुपर्यो भने त्यो अत्यन्त दुखदायी हुन्छ,’ प्रहरी स्रोत भन्छन्, ‘देशकै प्रतिष्ठा धुमिल हुन सक्ने भएकाले उनी चाँडोभन्दा चाँडो आफैं आएर प्रहरीमा उपस्थित हुने सम्मानजनक विकल्प हो ।’

सन्दीपले चाहेजस्तो आफू उपस्थित नभइकन कानूनी लडाईं लड्न सक्ने अवस्था भने देखिँदैन । देवानी मुद्दामा वारेसमार्फत लड्न सकिने प्रावधान भए पनि फौजदारी मुद्दामा त्यस्तो सुविधा हुँदैन । त्यसैले सम्भवतः उनी केही दिनमा नेपाल फर्किनैपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या