२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयरल्यान्डमाथि श्रीलंकाको सहज जित

२०७९, ६ कार्तिक आईतवार ०८:२०

कात्तिक ६, काठमाडौँ | आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा श्रीलंका आयरल्यान्डमाथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले हराएको हो । ब्लन्डस्टोन एरिनामा आयरल्यान्डले दिएको १२९ रनको लक्ष्य पाएको श्रीलंकाले एक विकेट मात्र गुमाएर १५ ओभरमा १ सय ३३ रन बनायो ।

श्रीलंकाको जितमा कुशल मेन्डिसले ६८ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै धनन्जय डि सिल्भाले ३१ रन बनाए । अर्का नटआउट ब्याटर चरिथ असलन्काले पनि ३१ रनको नै योगदान दिए । आयरल्यान्डका लागि गराथ डेलानीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

आयरल्यान्डका लागि ह्यारी टेक्टोरले सर्वाधिक ४५ रनको योगदान गरे । श्रीलंकाका लागि महेशा थेक्षाना, वानिन्दु हर्शरंगाले दुई –दुई विकेट लिए । जितसँगै समूह २ मा रहेको श्रीलंकाले १ खेलबाट २ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ