७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

२० कार्तिक २०७९, आईतवार ०८:४५

कात्तिक २०, काठमाडौँ | पाकिस्तान अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार एडलाइड ओभलमा पाकिस्तानले बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

१ सय २८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले १८.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायाे । पाकिस्तानका लागि मोहम्मद रिजवानले ३२, मोहम्मद हरिसले ३१, कप्तान बाबर अजामले २५ र शान मासोदले अविजित २४ रन बनाए । बलिङतर्फ बंगलादेशका नासुम अहमद, कप्तान सकिब अल हसन, मुस्ताफिजुर रमहमान र इबादोत हुसेनले समान १–१ विकेट लिए । 


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय २७ रन मात्रै बनाएको थियो । बंगलादेशका नाजमुल हुसेन शान्तोले अर्धशतकसँगै ५४ रन बनाए । त्यस्तै, अफिफ हुसेनले अविजित २४ र सौम्या सरकारले २० रन बनाए ।

बलिङतर्फ प्लेयर अफ द म्याच बनेका शाहिन शाह अफ्रिदीले चार विकेट लिए । उनले चार ओभरमा २२ रन खर्चिएर चार विकेट लिए । त्यस्तै, शादव खानले दुई विकेट लिए ।

पाकिस्तानसँग पराजित भएसँगै बंगलादेश पनि विश्वकपबाट बाहिरिएको छ । समूह–२ बाट भारत र पाकिस्तान सेमिफाइनल पुगेका छन् भने समूह–१ बाट न्युजिल्यान्ड समूह विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका छन् । भारतले एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाएको हो । आजै भारत र जिम्बाब्वेबीच खेल हुँदैछ । यो खेलले समूह–२ को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर पाकिस्तानले शीर्ष स्थानमा उक्लिएको छ । यता भारत भने चार खेलबाट तीनमा जित र एक खेलमा हारसहित ६ अंक नै बनाएर दोस्रो स्थानमा छ । यता, आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससँग अप्रत्यासित हार ब्यहोरेको दक्षिण अफ्रिका भने विश्वकपबाट बाहिरिएको छ ।

पाँच खेलबाट पाँच अंक नै बनाएको दक्षिण अफ्रिका तेस्रो स्थानमा रहँदा समान खेलबाट नेदरल्यान्ड्सले चार अंक जोड्दै विश्वकपमा आफ्नो यात्रा टुंग्याएको छ । बंगलादेशले पाँच खेलबाट चार अंक जोड्दा चार खेलबाट तीन अंक बनाएको जिम्बाब्वे पुछारमा छ ।

यता, समूह–१ बाट आयोजक राष्ट्र अस्ट्रेलिया नै बाहिरिएको छ । अस्ट्रेलिया बाहिरिँदा यो समूहबाट न्युजिल्यान्ड र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्न सफल भए । न्युजिल्यान्डले पाँच खेलबाट सात अंक बटुल्दै समूह विजेता बन्यो । इंग्ल्यान्डले पनि समान खेलबाट सात अंक नै बनाएर सेमिफाइनलमा स्थान बनायो ।

तर समान खेलबाट सात अंक नै बनाएको अस्ट्रेलिया भने न्युजिल्यान्ड र इंग्ल्यान्डसँग नेट रनरेटको आधारमा पछि पर्दै विश्वकपबाट बाहिरिएको हो । श्रीलंकाले पाँच खेलबाट चार अंक बनाउँदै समूह–१ को चौथो स्थानमा विश्वकप टुंग्याउँदा आयरल्यान्ड पाँचौँ र अफगानिस्तानले छैटौँ हुँदै विश्वकपको यात्रालाई सकाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी