६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यि हुन् फिफा विश्वकपमा सबैभन्दा धेरै खेल्ने १० देश,कसले कतिपटक जिते उपाधि?

२२ कार्तिक २०७९, मंगलवार ०७:४४

कात्तिक २२, काठमाडौँ । हरेक चार वर्षमा विश्वकप आउँदा सधैं ठूलो उत्साह हुन्छ। फिफा विश्वकप हरेक देश र खेलाडीको सपना हो किनकि यो विश्वकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम हो।

एस वर्ष कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुने विश्वकप फुटबल फिफा विश्वकपको २२ औँ संस्करण हो । हालसम्म इस्ट जर्मनीसहित ८० टिमको विश्वकपमा सहभागिता भइसकेको छ ।


ती मध्ये सबैभन्दा बढी तथा सबै विश्वकपमा सहभागिता जनाउने टिम भने ब्राजिल हो । कतारमा हुने २२औँ संस्करणका विश्वकपमा ब्राजिलले सहभागिता जनाउँदा उसले २२ औँ पटक नै विश्वकप खेल्नेछ ।

ब्राजिलले सन् १९३० मा आयोजना भएको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । त्यसैगरी, ब्राजिलले सर्वाधिक ५ पटक विश्वकपको उपाधिसमेत जितेको छ ।

सबैभन्दा धेरै पटक विश्वकपमा सहभागिता जनाउने दोस्रो स्थानमा भने जर्मनी रहेको छ । जर्मनीले २० औँ पटक विश्वकपमा सहभागिता जनाउँदैछ । जर्मनीले भने ४ पटक विश्वकपको उपाधि हात पारेको छ ।

जर्मनी पछि अर्जेन्टिना र इटालीले समान १८-१८ पटक विश्वकपमा सहभागिता जनाउँदैछन् । तर अर्जेन्टिनाले केवल दुई पटक विश्वकप जित्दा इटालीले भने ४ पटक उपाधि हात पारिसकेको छ ।

त्यसपछि मेक्सिकोले भने १७ औँ पटक विश्वकपमा सहभागिता जनाउन लागेको छ । मेक्सिकोले भने अहिलेसम्म उपाधि भने जित्न सकेको छैन । उसको सबैभन्दा उत्कृष्ट नतिजा भनेको क्वार्टरफाइनल पुग्नु हो ।

यता स्पेन, फ्रान्स र इंग्ल्यान्डले समान १६-१६ पटक विश्वकप खेल्दैछन् । स्पेन र इंग्ल्यान्डले समान एक-एक पटक विश्वकप जित्दा फ्रान्सले भने दुई पटक विश्वकपको ट्रफी उचालेको छ ।

उरुग्वे र बेल्जियमले समान १४-१४ पटक विश्वकपमा सहभागिता जनाउँदैछन् । तर उरुग्वेले भने दुई पटक विश्वकपको उपाधि हात पार्दा बेल्जियमको सबैभन्दा उत्कृष्ट नतिजा भनेको तेस्रो हुनु हो ।

यता इस्ट जर्मनीसहित २० टिमले एक पटक विश्वकप खेलेका छन् वा खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प