२४ कात्तिक, काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिग काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको तेस्रो चरणको खेलमा सिटीले चेल्सीलाई २-० ले हरायो । पहिलो हाफमा दुबै टोलीले पाएको मौका सदुपयोग गर्न सकेनन् ।
दोस्रो हाफमा पाएको फ्रिकिकलाई मेहराजले उत्कृष्ट गोल गरे ।
घरेलु मैदानमा सिटीको रियाद महारेजले ५३ औ मिनेटमा गोल गर्दा अग्रता लियो र गुलियन अल्भारेजले ५८औं मिनेटमा गोल गर्दा सिटी सहज जिततर्फ अग्रसर भयो ।