६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड टी-२० विश्वकपको फाइनलमा

२४ कार्तिक २०७९, बिहीबार ११:१४

कात्तिक २४, काठमाडौँ | भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड आईसीसी पुरुष टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

अस्ट्रेलियाको एडिलेडमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतले दिएको १६९ रनको लक्ष्य इङ्ल्यान्डले सहजै पूरा गरेको हो। प्रारम्भिक ब्याटर जोस बटलर र एलेक्स हेल्स चम्किएपछि इङ्ल्यान्डले १० विकेटले भारतलाई पराजित गरेको हो।


इङ्ल्यान्डका लागि हेल्सले ८६ र बटलरले ८०  रन बनाए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ६ विकेटको क्षतिमा १६९ रन बनाएको थियो। भारतका लागि हार्दिक पाण्ड्याले ६३, विराट कोहलीले ५०, रोहित शर्माले २७ र सूर्यकुमार यादवले १४ रन बनाएका थिए।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन, क्रिस वेक्स र अदिल रशिदले एक-एक विकेट लिए।

यसअघि नै पाकिस्तान न्यूजिल्यान्डलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ। अब कात्तिक २७ गते फाइनलमा पाकिस्तान र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प