६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण पाकिस्तान र इङ्ग्ल्यान्डले टी २० विश्वकप ट्रफी बाँड्न बाध्य हुन सक्छन्

२५ कार्तिक २०७९, शुक्रबार ०५:२६

कात्तिक २५, काठमाडौँ | टि–२० विश्वकप २०२२ को फाइनल आइतबार मेलबर्नमा हुँदैछ जहाँ इङ्ल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको थियो भने पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी) त्यही स्थान हो जहाँ वर्षाका कारण एक बल पनि नगरी समूह चरणका तीन खेल स्थगित भइसकेका छन्। जसमध्ये अस्ट्रेलिया र इङ्ग्यान्डबिचको खेल पनि एक हो। त्यस्तै, एक अर्को खेल वर्षाका कारण छोट्याइएको थियो।


मेलबर्नमा आइतवार खराब मौसमको पूर्वानुमान गरिएसँगै इङ्ग्ल्यान्ड र पाकिस्तानबिचको फाइनल खेल ‘वास आउट’ हुने खतरा बढेको छ। यदि सो खेल ‘वास आउट’ भएमा दुवै फाइनालिस्टले टी२० विश्वकपको उपाधि संयुक्त रुपमा जित्ने सम्भावना बढेको छ। यो घटना क्रिकेट इतिहासमा पहिलो हुनेछ।

यदि आइतवार वर्षाले मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी)लाई प्रभावित बनाए पाकिस्तान र इङ्ग्ल्यान्ड संयुक्त रुपमा च्याम्पियन बन्न सक्छन्।

आइतवार मेलबर्नमा पानी पर्ने सम्भावना ९४ प्रतिशत रहेको अनुमान छ। मौसम विज्ञान ब्यूरोले २५ मिलिमिटर वर्षासँगै सम्भावित मेघगर्जनको  भविष्यवाणी गरेको छ।

खेल स्थानीय समयअनुसार बेलुका ७ बजे (नेपाली समय दिउँसो १:४५ वजे) सुरु हुने तालिका छ। ‘वास आउट’को सम्भावनासँगै खेल सोमवार रिजर्भ दिनमा सारिन सक्छ। सोमवार खेल स्थानीय समय अनुसार ३ बजे सुरु हुनेछ।

तर, पूर्वानुमानअनुसार सोमवार कम वर्षा हुने भनिएपनि अर्को मेघगर्जनको सम्भावना छ। यदि वर्षाले खेल हुने सम्भावनालाई रोकेमा इङ्ग्यान्ड र पाकिस्तानले निराशाजनक निर्णयको सामना गर्नुपर्नेछ। उनीहरु ट्रफी बाँड्न बाध्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प