२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा विश्वकप फुटबल हेर्न पाइने कि नपाइने ? बुधवार निर्णय हुँदै

२०७९, २८ कार्तिक सोमबार ०७:४१

कात्तिक २८, काठमाडौं | फिफा विश्वकप फुटबल-२०२२ को प्रत्यक्ष प्रसारण विवादबारे मिडिया हबले दिएको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले आज सोमबार कुनै निर्णय दिएन ।

मिडिया हबले अन्तरिम आदेश खारेज गर्न दिएको निवेदनमा सोमबार सुनुवाइ भए पनि अन्तरिम आदेश खारेज हुने अथजा नहुने बारेमा भने कुनै निर्णय भएन । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा सोमबार सुनुवाई भएको हो ।


सोमबारको सुनुवाइपछि सर्वोच्चले विपक्षीलाई पनि यसबारे जानकारी दिएर कात्तिक ३० गते बुधवार मात्रै छलफल गर्ने आदेश दिएको छ ।

सोमबार मिडिया हबको निवेदनमा सुनुवाइ गर्दै विपक्षी रिट निवेदक अधिवक्ताद्वय अनुपम भट्टराई तथा किशोर पौडेललाई पनि यसबारे जानकारी दिने तथा ३० गते बुधवार सँगै राखी छलफल गर्ने आदेश दिएको हो ।

मिडिया हबले विश्वकप फुटबल प्रसारण गर्दा नेपालमा टेलिभिजनका ग्राहकसँग थप पाँच सय रुपैयाँ शुल्क लिने प्रक्रिया अगाडि बढाएपछि अधिवक्ताद्वयले कात्तिक २० गते रिट दायर गरेका थिए ।

केही दिनअघि सर्वोच्चले रिटको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि कात्तिक ३० गते बोलाएको थियो ।

यद्यपि, कात्तिक ३० गते सुनुवाइ हुँदा प्रसारणमा असर गर्ने भन्दै मिडिया हबले अल्पकालीन आदेश खारेज गर्न माग गर्दै भ्याकेट निवेदन दिएको थियो । यो संगै विश्वकप फुटबल हेर्न थप शुल्क तिर्नु पर्ने अथवा नपर्ने भन्ने निर्णय अब बुधवार मात्रै टुंगो लाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ