६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा विश्वकप फुटबल हेर्न पाइने कि नपाइने ? बुधवार निर्णय हुँदै

२८ कार्तिक २०७९, सोमबार ०७:४१

कात्तिक २८, काठमाडौं | फिफा विश्वकप फुटबल-२०२२ को प्रत्यक्ष प्रसारण विवादबारे मिडिया हबले दिएको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले आज सोमबार कुनै निर्णय दिएन ।

मिडिया हबले अन्तरिम आदेश खारेज गर्न दिएको निवेदनमा सोमबार सुनुवाइ भए पनि अन्तरिम आदेश खारेज हुने अथजा नहुने बारेमा भने कुनै निर्णय भएन । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा सोमबार सुनुवाई भएको हो ।


सोमबारको सुनुवाइपछि सर्वोच्चले विपक्षीलाई पनि यसबारे जानकारी दिएर कात्तिक ३० गते बुधवार मात्रै छलफल गर्ने आदेश दिएको छ ।

सोमबार मिडिया हबको निवेदनमा सुनुवाइ गर्दै विपक्षी रिट निवेदक अधिवक्ताद्वय अनुपम भट्टराई तथा किशोर पौडेललाई पनि यसबारे जानकारी दिने तथा ३० गते बुधवार सँगै राखी छलफल गर्ने आदेश दिएको हो ।

मिडिया हबले विश्वकप फुटबल प्रसारण गर्दा नेपालमा टेलिभिजनका ग्राहकसँग थप पाँच सय रुपैयाँ शुल्क लिने प्रक्रिया अगाडि बढाएपछि अधिवक्ताद्वयले कात्तिक २० गते रिट दायर गरेका थिए ।

केही दिनअघि सर्वोच्चले रिटको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि कात्तिक ३० गते बोलाएको थियो ।

यद्यपि, कात्तिक ३० गते सुनुवाइ हुँदा प्रसारणमा असर गर्ने भन्दै मिडिया हबले अल्पकालीन आदेश खारेज गर्न माग गर्दै भ्याकेट निवेदन दिएको थियो । यो संगै विश्वकप फुटबल हेर्न थप शुल्क तिर्नु पर्ने अथवा नपर्ने भन्ने निर्णय अब बुधवार मात्रै टुंगो लाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प